इरान सम्झौता आईएसलाई नियन्त्रण गर्ने ‘आम चाहना’: इराक
इनेप्लिज
२०७२ असार ३० गते १४:३३ मा प्रकाशित
बग्दाद, ३० असार । इराकले मङ्गलबार इरानसँग सम्पन्न भएको आणविक सम्झौता इस्लामिक स्टेट आईएस जिहादी समूहलाई पराजित गर्ने उद्देश्यका साथ भएको जनाएको छ ।
विश्वका प्रमुख छ शक्ति राष्ट्र चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी र इरानबीच मङ्गलबार भियनामा सय पाना लामो सम्पन्न भएको सम्झौता एक बृहद् कूटनैतिक सफलता थियो भनिएको छ ।
‘दाएसले हाम्रो क्षेत्रलाई निरन्तर द्वन्द्वमा तान्न खोजेको छ’, इराकी प्रधानमन्त्री हैदर अल अवादीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
‘इरान सम्झौताले अव हाम्रो क्षेत्रमा शान्ति र अमन चैन ल्याउने छ,’ प्रधानमन्त्री अल अवादीले भन्नुभयो ।
आईएसले इराक र सिरियाको ठूलो भूभागमा गतिविधि सञ्चालन गर्दै अहिले इजिप्ट र लिबिया लगायत देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया