मंगलबार, असार ८ २०७८
काठमाडौं १६:४३
वासिङटन डिसी 06:58

चिनियाँ पूर्व उपप्रधानमन्त्रीको निधन

इनेप्लिज २०७२ असार ३० गते १४:३२ मा प्रकाशित

बेइजिङ, ३० असार । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व उच्चअधिकारी तथा चिनियाँ पूर्व उपप्रधानमन्त्री वान लिको निधन भएको यहाँको राज्यद्वारा नियन्त्रित टेलिभिजनले बुधबार जनाएको छ । उहाँ ९८ वर्षको हुनुहुन्थ्यो ।

लिलाई चिनियाँ कम्युनिस्ट पार्टीका उदार व्यक्तित्वका रुपमा चिनिन्थ्यो ।

चिनियाँ टेलिभिजन सिसिटिभीले आफ्नो बुधबार साँझको मुख्य समाचारमा लिको मृत्यु भएको खबर प्रसारण गरेको थियो ।

केही चिनियाँ विश्लेषकले वानलाई चिनियाँ आठ अमर व्यक्तित्वमध्येका एक नेता भनि व्याख्या गरेको कुरा एएफपीले जनाएको छ ।

उहाँले १९८८ देखि पाँच वर्षका लागि चिनियाँ राष्ट्रिय जनवादी काँग्रेसको नेतृत्व गर्नुभएको थियो । यस समयमा चीनमा प्रजातन्त्रको पक्षमा भएको बेइजिङको तियानमेनमा प्रदर्शन गर्ने प्रदर्शनकारीमाथि व्यापाक कारबाही भएको थियो ।

लिलाई तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव झाओ झियाङको सहयोगीका रुपमा चिनिन्छ ।

प्रतिक्रिया