काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अधिकांश सांसदहरु चौर र चमेनागृहमा रहेकाले रित्तोजस्तै बन्न पुगेको सदनमा बजेटमाथिको छलफलमा भाग लिनुपर्दा आफूलाई अपमानित जस्तो अनुभूति भएको बताउनुभएको छ ।
आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा साँझ छ बजे बोल्ने अवसर प्राप्त गर्नुभएका सांसद खतिवडाले बैठकमा सांसदहरुको उपस्थिति ज्यादै पातलो देखेपछि उक्त भनाइ राख्नुभएको हो ।
सांसद विकास कोषका लागि विनियोजित बजेटबाट निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणमा ठूलो भरथेग भएकाले त्यसमा बजेट विनियोजन गर्न कुनै कन्जुस्याईं नगर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
उहाँले भन्नुभयो, “सांसद विकास कोषको रकमबाट आफूहरूले समग्र ओखलढुङ्गा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा उदाहरणीय काम गर्न सकेको हुँ ।”
प्रतिक्रिया