आचरणविरुद्ध काम गर्ने प्रहरी कारबाहीमा

इनेप्लिज २०७२ असार ३० गते १४:०७ मा प्रकाशित

लुम्बिनी (रुपनदेही), ३० असार । पेशागत आचरण विपरीत काम गरेको भन्दै अञ्चल प्रहरी कार्यालय लुम्बिनी तथा मातहतका युनिटमा कार्यरत ४०१ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ ।

मुस्कानसहितको प्रहरी सेवा, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता तथा लैङ्गिक तथा यौन हिंसाविरुद्धको शून्य सहनशीलता अपनाएको नेपाल प्रहरी प्रशाशनभित्र अनुशासन र आचरणहिन काम गर्ने ४०१ जना प्रहरी कर्मचारी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले प्रहरी कार्यालयका सहायकदेखि प्रहरी निरीक्षकसम्मलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कारबाहीमा पर्नेमा सात प्रहरी निरीक्षक, २५ प्रहरी नायब निरीक्षक, ४६ प्रहरी सहायक निरीक्षक, ८१ प्रहरी हवल्दार, २३५ प्रहरी जवान र सातजना प्रहरी कार्यालय सहायक गरी ४०१ रहेका छन् ।

प्रतिक्रिया