सबैको भावना समेटिएको साझा संविधान आउँछ: ओली
काठमाडौँ, ३० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैको भावना समेटिएको साझा संविधान बन्ने बताउनुभएको छ ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनले ‘संविधानको मस्यौदामा छलफल तथा सुझाव’ विषयमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको मस्यौदामा आफ्ना कुरा नपरेको भनी थुप्रै ठाउँबाट गुनासो आइरहेको भएपनि सबैको साझा भावना संविधानमा मुखरित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेता ओलीले भन्नुभयो, “मुलुकमा रहेका सबै जाति र भाषभाषीलाई समेट्ने खालको लोकतान्त्रिक मूल्य र मान्यतासहितको शान्तिको पक्षधर संविधान बन्छ ।”
उहाँले अर्काे एक प्रसङ्गमा भन्नुभयो, “नागरिकताको सवालमा कुरा उठेको छ, सबै नेपाली नागरिकले नागरिकता पाउँछन्, यसमा विवाद गर्नुपर्ने कुरा केही छैन ।”
प्रदेशको सीमाङ्कन र नामाङ्कनका विषयमा विवाद गर्नुपर्ने आवश्यकता नभएको बताउँदै उहाँले नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनकै लागि सङ्घीयता चाहिएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले संविधानका मस्यौदामा आ–आफ्ना क्षेत्रबाट आवश्यक सुझाव दिएर सहयोग गर्न समेत सबैसँग आग्रह गर्नुभयो ।
सो अवसरमा एकीकृत नेकपा (माओवादी)का नेता प्रभु साहले नागरिकता पाउने अधिकारलाई स्थापित गर्न संविधानमा ‘आमा वा बाबु’ नै राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सङ्गठनका अध्यक्ष रामप्रसाद श्रेष्ठले नयाँ संविधानको मस्यौदामाथि गहन छलफल गरी सुझाव सङ्कलन गरिने जानकारी दिनुभयोे ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया