साउनभित्र नयाँ संविधान: मन्त्री सिंह
भक्तपर, ३० असार । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दुईतिहाइ बहुमतकै आधारमा साउनभित्र नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको सूर्यविनायक नगरपालिका पूर्ण साक्षर घोषणा कार्यक्रममा उहाँले सबै दलहरूबीच सहमति नभए बढीभन्दा बढी दललाई चित्त बुझाएर दईतिहाइ बहुमतले संविधान जारी गर्ने बताउनुभयो ।
संविधानको मस्यौदामा सबै दलको घोषणापत्रलाई समेट्न सकिँदैन, शत्प्रतिशत सहमति खोज्ने भए देशले कहिल्यै संविधान पाउनै नसक्ने उहाँको भनाइ थियो ।
सबैले केही न केही त्याग नगरी संविधान जारी नहुने बताउँदै उहाँले भन्नुभयो, “गिभ एन्ड टेक’ नगरी संविधान जारी हुनै सक्दैन, सबैले केही न केही बुँदामा त्याग गरेरै संविधान जारी गर्ने हो ।”
अहिले २४० वटै निर्वाचन क्षेत्रमा सबै जनताको राय सुझाव लिन मस्यौदा जिल्ला–जिल्ला पठाएको बताउँदै उपप्रधानमन्त्री सिँहले संविधान निर्माणका लागि राय, सुझाब दिने महत्वपूर्ण अवसरलाई सबैले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सभासद्हरू रामेश्वर ढुङ्गेल, दिनेश श्रेष्ठ र अनुराधा थापामगरले संविधानको मस्यौदालाई गाउँगाउँमा प¥याएर सबै जनताको सुझाव लिने व्यवस्था हुनुपर्ने आँैल्याउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तोयम रायले साक्षरता प्रतिशतलाई शत्प्रतिशत पु¥याउनुपर्नेमा जोड दिँदै बीचमा छोड्न नहुने बताउनुभयो ।
त्यसअवसरमा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले साउन महिनाभित्र भक्तपुरलाई पूर्ण साक्षर जिल्ला बनाउने बताउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सूर्यविनायक नगरपालिका ९६ दशमलव ३० प्रतिशत नागरिक साक्षर भएको बताउँदै बाँकी नागरिकलाई पनि क्रमैसँगै साक्षर बनाउने बताउनुभयो ।
नगरपालिका क्षेत्रभित्रका साविकका गाविस कटुञ्जे गाविसको ९७.४२ प्रतिशत, नङ्खलको ९६.७६ प्रतिशत, चित्तपोल गाविसका ९५.९७ प्रतिशत, सिपाडोलको ९६.३१ र सूर्यविनायक नगरपालिकाको ९६.३० प्रतिशत नागरिक साक्षर भएको कार्यक्रममा जानकारी दिइयो ।
नगरभित्रका कूल जनसङ्ख्या ४० हजार ५०१ रहेकामा १५ देखि ६० वर्ष उमेर समूहका ३९ हजार २३० जना साक्षर भएको र बाँकी एक हजार २७१ जना साक्षर हुन बाँकी रहेकामा उनीहरूलाई पनि साक्षर बनाउने कार्यक्रम निरन्तरता दिने बताइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया