शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:४७
वासिङटन डिसी 07:02

चौथो खेलमा नेपालले हङकङसँग खेल्दैछ

इनेप्लिज २०७२ असार ३० गते १२:१२ मा प्रकाशित

DSC06398-150x150

काठमाडौं ३० असार । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपालले हङकङसँग खेल्दैछ । प्रतियोगिताको सुरुआती तीनमध्ये एक खेल मात्रै जितेको नेपालले विश्वकपमा छनोट हुने सम्भावना बलियो पार्न बुधबारको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले समूहको पहिलो खेलमा अमेरिकालाई हराएको थियो भने नामिबियाविरुद्धकोदोस्रो खेल वर्षाले रद्द भएपछि एक–एक अंक बाँडेको थियो ।

आयोजक आयरल्यान्डविरुद्धको सोमबारको खेलमा फराकिलो अन्तरले पराजित भएसँगै प्रतियोगितामा नेपालको यात्रा धर्मराएको छ ।

समूहमा तीन खेलबाट ६ अंक जोडेको आयरल्यान्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ३ अंक जोडेको पपुवा न्यगिनी दोस्रो स्थानमा छ भने ३ खेलबाट समान ३–३ अंक जोडेका नामिबिया र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया