पहिरोमा घर पुरियो, दुईको जीवितै उद्धार
इनेप्लिज
२०७२ असार ३० गते ४:४६ मा प्रकाशित
फलेवास (पर्वत), ३० असार । पर्वतको नाङलिबाङ गाविस–४ मा गएराति पहिरोले घर पुरिएको छ । घर माथिबाट आएको पहिरोले भर पुरिँदा घरभित्रै पुरिएको अवस्थामा दुईको जीवितै उद्धार गरिएको छ ।
घरभित्र पुरिएको अवस्थामा ६० वर्षीया बेलमती परियार र उनका ८ वर्षीय नाति अनिश परियारलाई जीवितै उद्धार गरिएको हो । घरपछाडिको भित्तो भत्केर घर पुरेपछि भित्र रहेका हजुरआमा र नातिलाई स्थानीयवासीले उद्धार गरेका छन् । घरभित्र सुतिरहेको अवस्थामा पुरिएपछि घाइते भएका दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धार टोली पुगेको छ । पहिरोले अन्य मानवीय क्षति नभएको र घरभित्र रहेको अन्नपात, कुखुरा र लत्ताकपडा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया