चाँदीसहित एक भारतीय नागरिक पक्राउ

इनेप्लिज २०७२ असार ३० गते ४:४६ मा प्रकाशित

pakraauवीरगन्ज (पर्सा), ३० असार । प्रहरीले वीरगन्जबाट मङ्गलबार ठूलो परिमाणमा तस्करी गर्न लागिएको चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्ज नाका हँदै भारतको रक्सौलतर्फ तस्करी गर्न लागिएको पाँच केजी चाँदीसहित प्रहरीले भारत विहारको मोतिहारी जिल्ला रक्सौल निवासी विनोदप्रसाद कलवारलाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले कलवारलाई वीरगन्ज–१ सिर्सियास्थित छोटी भन्सार कार्यालय नजिकबाट पक्रेको हो ।
कलवारकोे शरीर खानतलासी गर्दा कम्मरमुनिको भागमा कपडाको पोको बनाएर राखिएको पाँच केजी चाँदीको दाना बरामद भएको हिजो यहाँ आयोजित पत्रकारसम्मेलनमा प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीले बताउनुभयो । बरामद चाँदीको बजार मूल्य रु तीन लाख ५० हजार रहेको र कलवारलाई आवश्यक कारबाहीका लागि मङ्गलबार नै राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रनाउ द्विवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया