दशैंमा नेपाल जाने आशाको सपना अधुरै

इनेप्लिज २०७२ असार २९ गते १९:०७ मा प्रकाशित

asaक्यालिर्फोनिया । सात बर्ष भइसकेको थियो नेपाल नगएको । डिभी परेर अमेरिकाआएपछि काममा नै ब्यस्त भएकाले आशा शर्मा पौडेलको परिवारलाई नेपाल जानेफुर्सद पनि भएन । यस बर्षको दशंैमा सपरिवार नेपाल जाने तयारीमा थिए उनीहरु ।त्यसको लागि टिकट पनि बुकिङ भइसकेको थियो । तर, परिवारका साथ मनोरञ्जन गर्नगएकी आशाको नदीमा डुबेर निधन भएपछि नेपाल जाने उनको सपना अधुरै भएकोछ ।

अमेरिकाको क्यालिर्फोनियाको डिस्कभर पार्कमा रहेको सेक्रमेण्टो नदीले पौडेलपरिवारको सपनालाई बगाएर लगेको छ । छुट्टीको समयमा सपरिवारका साथ घुम्न गएकीआशा एक्कासी नदीमा खसिन् । श्रीमान् पूर्ण पौडेलले बचाउने प्रयत्न त गरे । तरश्रीमतीलाई बचाउन जादा श्रीमान् पनि डुब्न पुगे । आशासंगै नदीमा अर्कीनेपाली उषा विसी र उनकी छोरी पनि डुबिन् । उनीहरुलाई भने दुई अमेरिकनलेबचाउन सफल भए । श्रीमान् पौडेललाई २५ बर्षिय कोरे सिम्सनले बचाए । अर्कीनेपाली उषा र उनका छोरीलाई एक अमेरिकनले ज्यानको बाजी थापेर बचाए । तरआशा भने बच्च सकिनन् । उषालाई बचाउने ती अमेरिकन भने अझ पनि हस्पिटलमाभर्ना भए । उषा सहित दश दिनमा पाँच जनाको निधन भएको यो घटनाले सिंगोक्यार्लिफोनियाका संचारमाध्यममा चर्चा पायो ।सेक्रमेण्टो नदीमा हराएकी आशाको शव चार दिनसम्म फेला परेन । पार्कमाक्यालिर्फोनिया राज्यका सुरक्षाकर्मीलाई पनि लाश खोज्न हम्मेहम्मे पर्यो ।

Asha with husband and sonअमेरिकाको क्यालिर्फोनिया राज्यका हरेक टेलिभिजन देखि पत्रपत्रिकाको समाचारकोहेडलाइन बन्न पुगिन् आशा । द सेक्रेमेण्टो बीई पत्रिकाले सन् २००३ देखिहालसम्म ७२ जनाको सो नदीमा निधन भइसकेको जनाउदैँ आशाको समाचारलाईप्रमुखका साथ सम्प्रेषण गर्यो ।लामो प्रयासपछि आशाको शव फेला पर्यो । परिवारले अमेरिकामा नै नेपाली परम्पराअनुसार दाहसंस्कार गरे । तर अझ पनि उनको परिवारलाई आशा आफ्नो साथमा छैनन्भन्ने बिश्वास गर्न गाह्रो भइरहेको छ । पौडेलको निधनले अहिले सिंगोक्यालिफोर्नियानै शोकमा डुबेको छ । आमा कहिले आउछिन् ? भनेर प्रश्नसोध्ने दुई नबालक बच्चाको अबोध प्रश्नले धेरैको मन रुआएको छ ।

दुई बर्षअघि मात्र सेक्रेमेण्टोमा अवस्थित अमेरिकन एभिन्यूमा किनेको घर अहिले सुनसान छ ।गर्मीको छुट्टी मनाउन दुई छोरा र श्रीमान्का साथ निस्कीएकी आशा अब सो घरमाकहिल्यै आउने छैनन् ।क्यालिफोर्नियाको धूप र गर्मी छल्न सेक्रेमेण्टोमा बसोवास गर्ने करिब एकदर्जन नेपाली मिलेर घुम्न गएका थिए । आशासंगै रमाइलो गरिरहेका अरुलाईपानीमा हराएको खबर पत्याउन पनि गाह्रो भयो । आशालाई पौडी खेल्न आउदैनथियो ।

sacramento riverअमेरिकन रिभर र सेक्रमेण्टो रिभरको संगमको गहिराईमा आशा डुब्न पुगिन्। नदीमा जादा पुर्याउनुपर्ने समान्य सावधानी अपनाएको भए सो घटना नहुन सक्नेप्रत्यक्ष दर्शी बताउछन् ।आशाका नजिकबाट चिन्नेहरु उनी निकै मृदुभाषी मिलनसार स्वभावको रहेको बताउछन् ।पेशाले स्वास्थ्य सेवामा कार्यरत भएपनि उनलाई समाज सेवामा पनि रुची थियो । आशानेप्लीज फ्रेन्ड्स एण्ड कल्चरल एसोसियसन (नाफ्का ) मा आबद्ध थिइन् ।आशाको निधनले सिंगो क्यालिफोनिया नै शोकमा डुबेको स्थानीय सेक्रेमेण्टोनिबासी गजेन्द« अधिकारीले बताए । गीत र नृत्यमा सौखिन आशाको यो बयौ दशैंमा नेपाल सपना अधुरै भएको अधिकारीले जनाए ।सुर्खेतबाट करिब ७ बर्ष अगाडि अमेरिका आएका थिए पौडेल परवार । पहिलासेक्रेमेण्टोको डाउन टाउनमा बसोवास गरी करिब दुई बर्ष अगाडि उनीहरु घर खरिदअमेरिकन एभिन्यूमा सरेका थिए आशाका एउटा ५ बर्षका अर्का दुई बर्षको छोरा छन् । चार बर्षअ घियुर्निभर्सिटीपोष्टएक्यूटरिह्याबनामकस्वास्थ्यसंस्थामानर्स सहायकको रुपमा कार्यरत आशा अरुको सेवामा निकै सुखी हुने गर्थिन् ।करिब चार दिनपछि भेटिएको आशाको शव जुलाई ११ शनिवार दिन निजी निवास अमेरिकनएभिन्यूमा विहान ९ बजे देखि १२ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिएको थियो ।सोही दिन हिन्दू संस्कार अनुसार दाहसंस्कार गरियो । सो समय क्यार्लिफोनियाकाकरिब एक सय भन्दा बढी नेपाली तथा विदेशीका आखा रसाएका थिए ।अहिले आशाका परिवारको सहयोगका लागि ग्रेटर सेक्रोमेण्टोमा रहेको नेप्लीज

फ्रेण्ड्स एण्ड कल्चरल एसोसियस (नाफ्का)ले सहयोगका लागि www.gofundme.com/Ashasharma 2015 खडा गरेको छ । नाफ्का अध्यक्षसुरेन्द अधिकारीले भन्नुभयो, “अमेरिकामा दाहसंस्कार महंगो छ । आशाकाबच्चाहरु नाबालक छन् । उनीहरुको भविष्यको लागि पनि हामीले यो अभियानचलाएका हौ । ” अध्यक्ष अधिकारीले अहिले केही सहयोगका हातहरु अगाडि आए पनि त्यो पर्याप्त नभएकाले अमेरिकामा बसोवास गर्ने नेपाली माझ सहयोगका लागिअपिल पनि गर्नुभएको छ ।

asha2 asha husband and wife

प्रतिक्रिया