इरान आणविक सम्झौता विश्व उन्नतिका लागि मार्गचित्र
वासिङटन, २९ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाको लागि नवीनतम् सुरुवात भएको बताउनुभएको छ ।
“सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ । हामी सबैले यसलाई अनुशरण गर्नु पर्छ ।” अमेरिकी राष्ट्रपति ओवामाले भन्नुभयो ।
यसैबीच राष्ट्रसङ्घका महासचिव बानकी मुनले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौतालाइृ मुक्तकण्ठले प्रशंसा गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वा ले जनाएको छ ।
इरानले आणविक विषयमा महासचिव मुनले भियनामा भएको इरानको आणविक विषयमा “ऐतिहासिक सहमतिको स्वागत गर्दै यो संवादबाट आउनसक्ने परिणामको एक कडी भएको जनाउनुभएको छ ।”
फ्रान्सका राष्ट्रपति फेन्कोइस होल्यान्डेले इरानको आणविक कार्यक्रमका सम्बन्धमा भएको सम्झौता संसारको उन्नतिका लागि मार्गचित्र भएको जनाउनुभएको छ ।
अब इरानले समृद्ध आर्थिक सामथ्र्य राख्नसक्ने छ किनकी उ माथि कुनै किसिमको बन्देज रहने छैन । आफ्नो टेलिभिजन संवादमा फ्रान्सेली राष्ट्रपति होल्यान्डेले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘इरानले अब आफू सिरियामा भइरहेको युद्ध अन्त्य गर्न विश्वजगत्को प्रयासमा सहयोग गर्नुपर्छ ।’
अष्ट्रियाको भियनामा भएको छलफलमा विश्वका मुख्य छ शक्तिराष्ट्र चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिका साथै इरानले गत दुई हप्तादेखि विभन्न चरणमा छलफल गरेका थिए । अन्तत छलफल एक सय पाना लामो सम्झौता गरी टुङ्गिएको हो ।
सम्झौताको इरानी जनताले पनि स्वागत गरेको त्यहाँका समाचार माध्यमहरूमा जनाइएको छ ।यद्यपि त्यहाँका राजनीतिक दल भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।
त्यसैगरी बेलायतले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौतालाई ऐतिहासिक आणविक सहमति भनेको छ ।
बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले मङ्गलबार करिब एक दशक लामो समन्वयात्मक छलफलपछि गरिएको उक्त सम्झौताको स्वागत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “इरानले सहमतिका लागि विशेष पहलकदमीका साथ काम गरेको छ । अब अन्तर्राष्ट्रिय समुदायले पनि इरानमाथि लगाइएको बन्देजहरू फुकुवा गर्नुपर्छ ।”
उता, इजरायली प्रधानमन्त्रीले भने इरानसँग भएको सम्झौता जेरुसेलमका लागि बाध्यकारी हुन नसक्ने प्रतिक्रिया दिनुभएको एएफपीले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया