काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ को राजस्व आयको अनुमान (बजेट) आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको छ ।
आज अपराह्न ४ः१५ मा अर्थमन्त्री डा महतले सो बजेट वक्तव्य दिन थाल्नुभएको हो ।
उहाँ बैठकमा आधा घन्टा अगावै आइसक्नुभएको थियो भने संसद् भवन परिसरमा सञ्चारकर्मी र सरकारका विभिन्न निकायका प्रतिनिधिको पनि विशेष चहलपहल रहेको छ ।
रिबनले बाँधिएको ब्रिफकेस बोकेर उपस्थित मन्त्री महतले रोस्ट्रममा पुगेर रिबन खोली बजेट वक्तव्य दिनुभएको हो ।
विसं २०४६ को राजनीतिक परिवर्तनपछि डा महत अर्थमन्त्रीका रुपमा सम्भवतः धेरै पटक बजेट प्रस्तुत गर्न पाउने व्यक्ति पनि हुनुभएको छ ।
प्रतिक्रिया