भूकम्पले चिज र छुर्पीको बजार प्रभावित
इलाम, २९ असार । बिक्री वितरण गर्न उचित बजार नपाउँदा पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालित चिज तथा डेरी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
यहाँ स्थापित उद्योगले किसानको दूध सङ्कलन गरेर घ्यू र छुर्पी उत्पादन गर्दै आए पनि उत्पादित वस्तुले बजार नपाउँदा ठूलो समस्या देखिएको हो । उत्पादित वस्तुको ठूलो बजार भनेकै काठमाडौँ भएको र त्यहाँ भूकम्पले क्षति पु¥याएपछि बजार नपाएको उद्योगीहरुको गुनासो छ । पूर्वका किसानको मुख्य आयस्रोत भनेको चिज, छुर्पी र घ्यू रहे पनि बिक्री गर्ने ठाउँ नहुँदा उद्योगमा समस्या आएको किसानको गुनासो छ
हाल इलाम र पाँचथरका उद्योगीहरु सङ्गठित हुँदै हिमालयन चिज उत्पादक सङ्घ नै गठन गरेका छन् । तर यसको मुख्य बजार भूकम्पले क्षति पु¥याएपछि ठूलो समस्या आएको व्यापारी तोया महतको भनाइ छ । इलाम सुलुबुङका विनोद खतिवडाले एक वर्षअघि खतिवडा पशुपालन तथा डेरी उद्योग सञ्चालन गरेका थिए । तर अहिले उत्पादित वस्तुले मूल्य नपाउँदा किसानलाई दूधको मूल्य भुक्तानी गर्नसमेत समस्या भएको बताउनुभयो ।
दैनिक करिब तीन सय लिटर दूध सङ्कलन गर्दै आउनुभएका खतिवडाले भूकम्पका कारण बजार नपाएको गुनासो गर्नुभयो । उहाँले सुरुमा तेस्रो मुलुक अमेरिका छुर्पी निकासी गर्दै आउनुभएको थियो । जतिबेला नेपालको छुर्पीले राम्रै मूल्य पाउँथ्यो । “अहिले त्यहाँसम्म लैजान समस्या आएको छ” उहाँले भन्नुभयो ।
पूर्वी पहाडी जिल्लाका उद्योग बन्द हुन थालेपछि दूध बेचेर घर खर्च चलाउँदै आएका किसान निराश बनेका छन् । एक वर्षअघि पाँचथर र इलामका २४ वटा दूध डेरी उद्योगका सञ्चालकहरुले हिमालयन चिज उत्पादक सङ्घ नै गठन गरेर गुणस्तरीय दूधजन्य पदार्थ उत्पादन गर्दै आए पनि बिक्री नहुँदा सङ्घकै औचित्य हराएर जाने अवस्थामा पुगेको उनीहरुको भनाइ छ ।
सङ्घमा करिब सात सय जना किसान आबद्ध भएर प्रतिदिन २० हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । उद्योगबाट दैनिक करिब दुई हजार किलो चिज तथा ५०० किलो घ्यू उत्पादन हुँदै आएको बताइएको छ । त्यहाँ काम गर्ने कर्मचारीको समेत अहिले रोजीरोटी गुम्ने अवस्था पुगेको छ ।
दैनिक एक हजार ५०० देखि दुई हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएका इलाम पशुपतिनगरका टुलु शेर्पाले सम्बन्धित निकायले पहल गर्न सके समस्या समाधान हुने बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया