सोमबार, असार ७ २०७८
काठमाडौं ०३:१०
वासिङटन डिसी 17:25

एनआरएन क्यालिफोर्निया च्याप्टरको पूर्वाग्रही व्यवहार ले बे एरियाकासंस्थाहरु आक्रोशित

इनेप्लिज २०७२ असार २९ गते १०:३६ मा प्रकाशित

nrn logo

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले ११ जुलाई, २०१५ मा टीपीएसका बारेमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । १८ संस्थाहरुको नाम जोडेर आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक भने निकै आग्रह पूर्वाग्रहका साथ प्रस्तुत भएको देखिएको थियो । त्यसो त उक्त कार्यक्रममा बे एरियाका आधा दर्जन संस्थाहरुको संयोजन भनिएता पनि ती संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु नै कार्यक्रमका बारेमा अनभिज्ञ रहेका थिए ।

उक्त कार्यक्रम आयोजना गर्दा स्थानीय प्रतिष्ठित व्यक्तिहरु, सञ्चारकर्मी, न्यान्स, द ह्वाइट जोन, क्रियटिभ क्लब, तमु समाज, एफडब्लुजीएन, ब एरिया वुमन सोसाइटी जस्ता संस्थाहरुलाई संस्थागत रुपमा कुनै संयोजन नगरिएको खुल्न आएको छ । एनआरएनका निवर्तमान मात्र होइनन, वर्तमान केन्द्रीय पदाधिकारीहरुलाई समेत वाइपास गर्ने काम भएको थियो ।

कसैको इशारामा कार्यक्रम सञ्चालन गरिएको स्पष्ट देखिन्थ्यो । नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कार्यक्रममा उपस्थित हुँदाहुँदै पनि सचिवलाई अगाडि बढाईएको थियो । एनआरएन क्यालिफोर्निया च्याप्टरले कसैको इशारामा एकलौटी ढंगले आग्रह पूर्वाग्रह राखेर कार्यक्रम गरेकोमा उपस्थित व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । बे एरियाका अधिकांश संस्थाहरुले एनआरएन क्यालिफोर्निया को सहकार्यमा कुनै पनि कार्यक्रम नगर्ने र उसले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सहभागिता नजनाउने जनाएका छन् ।

कार्यक्रममा सहभागीहरुको संख्या पनि निकै कम रहेका कारण धमाका नै भनिएको कार्यक्रम निकै खल्लो बन्न पुगेको थियो । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र निवर्तमान अध्यक्ष खगेन्द्र जिसी उपस्थित हुने भनेर प्रचार गरिएको थियो । त्यसैकारण धेरैजसो कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रम एकलौटी ढङ्गले सञ्चालन गरिएको र आग्रह र पूर्वाग्रह राखेर मर्यादालाई ख्याल नगरि सञ्चालन गरिएका कारण बे एरियाका अधिकांश संस्थाहरुले अबदेखि एनआरएन क्यालिफोर्नियालेसञ्चालन गर्ने कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया