कोसी अस्पतालले नौ हजार विपन्नलाई निःशुल्क सेवा प्रदान
पथरी (मोरङ), २९ असार । कोसी अञ्चल अस्पताल विराटनगरले पूर्वाञ्चलका विभिन्न जिल्लाका नौ हजार विपन्नलाई रु ६२ लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख कामेश्वर झाले आव ०७१/७२ मा पूर्वाञ्चलका विभिन्न क्षेत्रका विपन्न, गरिब, दलित, महिला, आदिवासी जनजाति, सीमान्तकृत र पिछाडिएका र वृद्धवृद्धालाई निःशुल्क सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएका नौ हजार सर्वसाधारणलाई एक्सरे, इसिजी, ल्याब टेस्ट, शल्यक्रिया, फिजियो थेरापी, श्ययालगायतमा निःशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
गत वर्ष झन्डै आठ हजारको हाराहारीका विपन्न, गरिब, दलित, महिला, आदिवासी जनजाति, सीमान्तकृत र पिछाडिएका र वृद्धवृद्धालाई सेवा प्रदान गरिएको थियो ।
सो अस्पतालमा पूर्वका विभिन्न जिल्लाबाट दैनिक एक हजार सर्वसाधारण सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया