यस्तो छ महिला हिंसाको नयाँ रुप

इनेप्लिज २०७२ असार २८ गते १४:२१ मा प्रकाशित

11709715_10153458111165429_5884414031249484663_n-800x600

– शिविरभित्र यौन हिंसा बढ्यो

– केआई.नेपालद्धारा १० युवतीको उद्दार
– सिन्धुपाल्चोककी एक किशोरी बेचबिखन हुनबाट बचिन् …
– पीडामा मल्हम लगाउँदै केआई.नेपाल
– मानव बेचविखनको आरोपमा एक पुरुष पक्राउ
यी हुन् विभिन्न सञ्चार माध्यमद्धारा प्रकाशन प्रशारण भएका समाचारका केही प्रतिनिधि शीर्षक ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्प र पटकपटकको पराकम्पनका कारण देशले धेरै क्षति बेहोरेको छ । सँगसँगै महिला हिंसा र बेचबिखनका घटना मौलाएको देखिन्छ । राज्यस्तर र विभिन्न गैरसरकारी निकायहरु महिला हिंसा र चेलीबेटी बेचबिखनविरुद्ध समाजमा सचेतना फैलाउने र त्यसलाई रोक्ने अभियानमा लागेको भए पनि दलाल सक्रिय भएका कारण समस्या विकराल हुँदै गएको छ । नेपालको गरिबी, अशिक्षा र चेतनाको अभावका कारण सृष्टिकर्ता महिलाहरु पशु समान बेचिने गरेका छन् । आफ्नै आफन्त र नजिकका चिनेजानेका मान्छेहरु नै यस्ता कुकृत्यमा लागिपरेको हामीले देख्दै र भोग्दै आएका छौं । अहिलेकोे यो परिस्थितिमा भूकम्पबाट बढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, दोलखा लगायत १४ जिल्लामा महिला र बालबालिका बढी असुरक्षित रहेको महिला तथा बालबालिका मन्त्रालयले पनि जनाएको छ भने विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशन र प्रशारण भैइरहेको छ ।
हाम्रा दिदीबहिनीहरु आफ्नै घरभित्र सुरक्षित हुन नसकिरहेको यो स्थितिमा अनेक प्रलोभन देखाएर दलालहरु गाँउगाँउमा षड्यन्त्र गर्न व्यस्त भएका छन् । भूकम्पसँगै घरबारबिहीन, परिवारबिहीन भएकै कारण छिटै अरुलाई विश्वास गर्ने प्रवृत्ति यसको मुख्य कारण भएको छ ।
विनाशकारी भूकम्पका कारण विस्थापित भई अन्यत्र अस्थायीरुपमा बसोबास गरिरहेका परिवारहरुका साथै भूकम्प प्रभावितहरु मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने सम्भावना बढेको हुँदा यस प्राकृतिक विपदले अर्को चुनौती थपिएको देखिन्छ ।
नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाले मानव बेचबिखन तथा ओसारपसारको अपराधलाई निराकरण तथा न्यूनिकरणका लागि समुदायस्तरसम्म सचेतना बढाउनुका साथै पीडितहरुको सहायताका लागि सेवा विस्तार गरेको छ भने फौजदारी न्याय प्रणालीमा समय सामयिक सुधार गर्दै लगेको छ । कानून निर्माण, राष्ट्रिय योजना तर्जुमा, राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म संस्थागत संरचनाहरुको विकास गरी उनीहरुको क्षमता विकासका साथै यस अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै आएको छ । तर, यी प्रयास नगन्य भएका छन् । महिला हिंसा र बेचबिखनका घटना रोकिन सकेको छैन भने दलाल र बलात्कारीहरुको आयाम बदलिदै गएको छ । जसले गर्दा यस विरुद्धमा काम गर्ने संघसस्थांलाई समेत ठूलो चुनौती देखा परेको छ ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसारको अपराधलाई निराकरण तथा न्यूनिकरण गर्नका लागि सूचना नैसार्वजनिक गरेको छ ।
त्यसैगरी विभिन्न गैरसरकारी संस्थाले मानव बेचबिखन तथा ओसारपसारको अपराधलाई निराकरण तथा न्यूनिकरणका लागि समुदायस्तरसम्म सचेतना फैलाउने काम गरेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई जानकारी गराई लामो समय देखी मानव बेचबिखन विरुद्ध काम गर्ने सामाजिक संस्थाहरु माइती नेपाल, केआई नेपाल, थ्री एन्जल्स, एबीसी नेपाल, शक्ति समूह, ओरेक नेपाल, सिवीन, साथी, एटविन लगायतले पनि आफ्नो ठाँउबाट सक्दो प्रयास गरेको मन्त्रालयले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नेपाल जस्तो विकासोन्मुख देशहरु मात्र नभई विकसित राष्ट्रहरुमा पनि रहेको एक संगठित अपराध हो । देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेश अनुसार मानव बेचबिखनको स्वरुप र आयाम फरक फरक रहेको पाइन्छ । नेपालमा पनि मानव बेचबिखन तथा ओसारपसारको समस्या दिनानुदिन नवीनतम आयाम सहित गम्भीर एवं जटिल चुनौतीको रुपमा देखापरिरहेको छ । विगतमा नेपालबाट महिला तथा बालिकाहरु भारतका ठूला शहरहरुमा व्यवसायिक यौन शोषण, मानव अङ्गप्रत्यारोपण, सरकस लगायत अन्य प्रकारका श्रम शोषणका लागि बेचबिखन हुने गरेकोमा यसको आयाममा परिवर्तन हुन थालेको छ । उदाहरणका लागि मुलुकभित्रै घरेलु श्रम, मनोरञ्जन क्षेत्र, उद्योग तथा कलकारखाना श्रम तथा यौन शोषणका लागि विषेशगरी महिला र बालिकाहरुको प्रयोग भइरहेको छ भने विश्वका विभिन्न मुलुकहरुमा रोजगारका लागि गएका नेपालीहरु श्रम शोषण तथा यौन शोषण परी बेचबिखन तथा ओसारपसारका घटनाहरुबाट पीडित वा प्रभावित हुने गरेको पाइन्छ । पछिल्लो घटनाले विदेशी नागरिकसँग बैवाहिक सम्बन्ध गाँस्ने नाममा समेत महिला तथा किशोरीहरुको बेचबिखन बढ्न थालेको छ भने विभिन्न सांस्कृतिक तथा सांगितिक कार्यक्रमको नाममा नेपाली महिला तथा किशोरीहरु विभिन्न देशहरुमा यौन शोषणमा परेको पाइन्छ ।
विनाशकारी भूकम्पले ल्याएको जोखिमलाई समेत ध्यानमा राखि उच्च जोखिममा परेका जनसमुदायमा बेचबिखन तथा ओसारपसार हुुनबाट रोक्न सम्बन्धित सबैको उच्च निगरानी तथा सहयोगको आवश्यक रहेको छ । तसर्थ आजै र अहिलै महिला हिंसा र मानव बेचबिखन तथा ओसारपसारको यो श्रृखंलालाई रोक्न स्वयम महिला अनि समाज सचेत रहन आवश्यक छ ।– शिविरभित्र यौन हिंसा बढ्यो

विनाशकारी भूकम्पले ल्याएको जोखिमलाई समेत ध्यानमा राखि उच्च जोखिममा परेका जनसमुदायमा बेचबिखन तथा ओसारपसार हुुनबाट रोक्न सम्बन्धित सबैको उच्च निगरानी तथा सहयोगको आवश्यक रहेको छ । तसर्थ आजै र अहिलै महिला हिंसा र मानव बेचबिखन तथा ओसारपसारको यो श्रृखंलालाई रोक्न स्वयम महिला अनि समाज सचेत रहन आवश्यक छ ।

प्रतिक्रिया