डिसीमा जननायक बि पि कोइराला तथा लौह पुरुष गणेशमान सिंहको जन्मशताव्दीमा बिबिध कार्यक्रम गरिने

इनेप्लिज २०७२ असार २८ गते १०:४२ मा प्रकाशित

FotoFlexer_Photo

डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाले एक छापा बिज्ञप्ति प्रकाशित गर्दै आगामी सेप्टेम्बर महिनामा जननायक स्व. बि पि कोइरालाको जन्मजयन्ती र सर्वमान्य नेता स्व.गणेशमान सिंह को जन्मशताव्दीको अवसरमा बिबिध कार्यक्रम गर्ने भएको छ l

स्व. बि पि कोइराला र स्व.गणेशमान सिंह को जन्मशताव्दीको अवसरमा रक्तदान,सरसफाई,बिशेष साहित्यिक कार्यक्रम र स्वर्गिय नेताहरुको ब्यक्तित्व र योगदान सम्बन्धी चर्चा एवम प्रचार प्रसार सहित का कार्यक्रम हरु सन्चालन गरी भब्य रुपमा मनाउने निर्णय गरेको जनाएको छ ।

उक्त कार्यक्रमलाई अपार सफल बनाउन आवश्यक ब्यबस्थापनका निम्ती शाखाका उप-सभापति टंक नाथ दाहालको संयोजकत्वमा कोषाध्यक्ष रूप कार्की र सदस्यहरु केदार प्रशाद तिम्सिना,यम कुमार सिटौला र बच्चन देव ठाकुर समेत रहेको समिती गठन गरिएको छ ।

यसको साथै नेपाली जनसंपर्क समिती अमेरिका,भर्जिनिया च्याप्टरको महासचिव पद बाट मोहन घिमिरे ले राजिनामा दिनु भै रिक्त हुन आएको महासचिव पदमा च्याप्टर कार्यसमिती का सदस्य किरण लामालाई मनोनित गरिएको छ भने मनोनित गर्न बाँकी २ सदस्य मा बच्चन देव ठाकुर र यम कुमार सिटौला लाई मनोनयन गरिएको छापामा उल्लेख गरिएको छ l

यसको साथै शाखाका कार्यसमिती का कोषाध्यक्ष रुप कार्की का पिता शेर बहादुर कार्की को ७९ बर्षको उमेर मा र पूर्व कार्यसमिती सदस्य पदम राज पोखरेल कि श्रीमती दुर्गा पोखरेल को ६४ बर्षको उमेर मा हालै असामयिक निधन भएको मा गहिरो दु:ख ब्यक्त गर्दै स्वर्गिय आत्माहरुको चिर शान्तिको कामना सहित् शोक सन्तप्त परिवारहरुमा समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया