शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:२७
वासिङटन डिसी 06:42

नयाँ संविधान जारी गर्न कसैले चाहेर पनि नरोकिनेः शीर्ष नेता

इनेप्लिज २०७२ असार २८ गते १०:३७ मा प्रकाशित

11692629_442903535915377_7774984371370394363_nझापा, २८ असार । जिल्ला विकास समिति झापाले सदरमुकाम भद्रपुरमा निर्माण गर्न लागेको गिरीजाप्रसाद कोइराला स्मृति सभागृहको आज एक कार्यक्रमका बीच शीलान्यास गरिएको छ ।

नेपाल सरकारको राष्ट्रिय योजना अन्तर्गत तीनतले बहुकोठा र सभाहलसहित निर्माण हुन लागेको सभाहलको निर्माण कार्यका लागि वर्तमान नेपाली राजनीतिका चार शीर्ष नेताले आज शीलान्यास गरेका हुन् । जिविस झापाको अधिनमा रहने गरी निर्माण हुन लागेको अत्याधुनिक शैलीको भवन १२ करोड ७२ लाख लागतमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । सभागृहको प्रधानमन्त्री शुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले संयुक्तरुपमा शीलान्यास गरेका हुन् ।

शीलान्यासका लागि झापा आएका नेताहरुले कार्यक्रममा बोल्ने क्रममा नयाँ संविधान जारी गर्न कसैले चाहेर पनि अब नरोकिने दावी दोहोर्याए । कार्यव्यस्तताले शुरुमै नेकपा एमालेका अध्यक्ष केपी ओलीले बोल्ने पालो लिएर आफ्ना कुराहरु राख्नेक्रममा अस्थिरता चाहने सानो झुण्डले अवरोध गर्दैमा संविधान निर्माणको काम नरोकिने बताए
लोकतन्त्रको मर्म र भावना नबुझेका केही जातीय, क्षेत्रीय दलको नाममा रहेका झुण्डले अवरोध गर्दैमा संविधान निर्माणको कार्य कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्दै उनले चाँडै जनताका बीचमा छलफलका लागि मस्यौदा लिएर आफूहरु निर्वाचन क्षेत्रमा आउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको जहाज उडिसकेको भन्दै संविधानसभारुपी जहाज ल्याण्ड गर्ने अन्तिम चरणमा रहेको बताए । सभासदहरु जनताको राय सुझावको लागि जनताको घर दैलोमा पुगेको भन्दै जनताको सुझाव अनुसार संविधानको मस्यौदा परिमार्जन गर्ने ठाउँ बाँकी रहेको भन्दै असन्तुष्ट पक्षका भावनालाई नयाँ संविधानमा समेटिने बताए ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देशको संकट समाधान हुने ठानेर आफूहरुले १६ बुँदे सहमति गरेको बताए । देशलाई संक्रमणकालबाट अन्त्य गर्न र नयाँ संविधान जारी गर्न १६ बुँदे सहमति गरेको भन्दै सो सहमतिपछि मुलुकले निकास पाएको गच्छदारले दाबी गरे ।

प्रतिक्रिया