सुझाव सङ्कलन टोली रुकुम पुग्यो

इनेप्लिज २०७२ असार २८ गते १:३० मा प्रकाशित

Rukum_district_locationरुकुम, २८ असार । संविधानसभा संसद् सचिवालयका कर्मचारी संविधानको मस्यौदा लिएर आइतबार रुकुम पुगेका छन् ।

संसद् सचिवालयले पठाएका कर्मचारीले रु दुई लाखप्रति संविधानको मस्यौदा जिल्लामा ल्याएका छन् ।

रुकुममा संसद् सचिवालयबाट नायब सुब्बा सुशील खड्कासहित दुई कर्मचारी आएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिनुभयो ।

जिल्लामा आउने अधिकृतस्तरका कर्मचारीले रुकुमका प्रमुख जिल्ला अधिकारी सिलवालसँगको समन्वयमा सर्वदलीय बैठक, सार्वजनिक सुनुवाइ तथा जनमत सङ्कलनलगायतका कार्यक्रमको समायोजन गर्ने भएका छन् ।

यहाँबाट जनतासम्म पुग्नका लागि आवश्यक कर्मचारी तथा साधन एवम् सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले नै गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया