एनआरएन बेलायतको अध्यक्षमा कमल गुरुङको उम्मेदवारी

इनेप्लिज २०७२ असार २७ गते २१:०७ मा प्रकाशित

kamal1लण्डन २७ आषाढ । तमुधि युकेका निबर्तमान अध्यक्ष तथा एनआरएन बेलायतका बरिष्ठ सल्लाहकार कमल गुरुङले एनआरएन बेलायतकोे आगामी सेप्टेम्बरमा हुने छैटौ अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने खुलाशा गरेका छन् । यो संस्था केहि महत्वकांक्षीहरुको कारण अत्यन्तै दुर्ग्न्धित बनि सकेको छ , बिधि र विधानको कुनै हेक्का छैन,सिमित व्यक्तिहरुको मनोपोलिमा चलिराखेको अबस्था छ । यस्तो ब्यक्तिहरुलाई किनारा लगाएर,बिधान सम्मत र विवादरहित चल्ने बनाउनका निमित यो गरिमामय पदमा उम्मेदवारी दिन बाध्य भएको गुरुङले बताए ।

आर्थिक अनुसन्धानका संयोजक कमल गुरुङ भन्छन, गैर आवसिय नेपालीहरुको यो संस्थामा अन्य कारणहरुको अतिरिक्त आर्थिक अनियमिताको कारण एनआरएन बेलायत विवादको भुङरोमा फसिएको र आर्थिक हिशाब किताब स्पष्ट पारदर्शि नभएको कुरा २१ फेब्रुवरीको विषेश साधारण सभाबाट स्पष्ट भएको छ ।
एनआरएन बेलायत भित्र आर्थिक पारादर्शिता अहिले सम्म हुन नसक्दा एकाउण्ट फ्रिज गर्न बाध्य भएको संयोजक गुरुङ बताउछन । कोठे बैठक,गुट तथा उपगुटबन्दीहरुको अन्त्य गरी नेपाली समुदायलाई फुट्नमा हैन जुट्नमा एक हुनु पर्छ भन्ने नेपाली मन र नेपाली सोच राखेर मैले उम्मेदवार हुने निर्णय गरेको हुँ । एनआरएन बेलायतको बादविवादलाई अन्त्य गर्न र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
तमुधि युकेमा आवद्ध रहि संस्थालाई विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा एनआरएन बेलायतका लागि आफू उपयुक्त उम्मेदवार भएको उनले दाबी गदै एनआरएन बेलायतलाई विधि र विधान बुझेको नेतृत्व जरुरी परेको गुरुङले बताए ।
आफ्नो प्रमुख एजेन्डा बेलायतमा रहेका युवाहरुको ज्ञान र शिपलाई नेपालमा पु¥याई नेपालका युवाहरुलाई शो ज्ञान र शिपमा सम्रिद्घ बनाई देशलाई ठुलो सहयोग पु¥याउने गुरुङले जनाए । यो गरिमामय अध्यक्षको पदमा रहेर संगठनलाई सहि मार्गदिशामा हाक्ने ईच्छाशक्ति भएकोले उक्त पदमा दाखिला गरेको जानकारी अवगत गराउदै र अमुल्य मतको अपेक्षा राख्दै , हरेक विषयमा पारदर्शिता र सकारात्मक सोचको प्रत्याभूती दिलाउन कमल गुरुङलको उम्मेदवारीता एनआरएन बेलायतको अहिलेको आवाश्यकता हो भन्ने उनले दाबी गरे ।

प्रतिक्रिया