बम आक्रमण्मा तीनको मृत्यु
कुन्दुज (अफगानिस्तान), २७ असार । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा आइतबार सुरक्षाबलको एक समूह लक्षित सडक किनारमा रहेको बम विस्फोटमा परी कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । सो आक्रमणमा अन्य १० जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएको छ ।
सो बम विस्फेटमा परी तीन सर्वसाधारणको मृत्यु भएको र दशजना घाइते कुन्दुज अस्पतालमा भर्ना भएका प्रान्तीय चिकित्सक स्रोतले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने सर्तमा बताएको छ ।
स्थानीय समयाअनुसार आइतबार बिहान ७ः१५ भएको यस आक्रमणमा घाइते मध्य तीनजना सुरक्षा अधिकारीहरु रहेका सुरक्षास्रोतले जानकारी दिएको छ ।
स्पीन्जार इलाकाको एक सडकमा सैनिकको एक सवारीसाधनलाई लक्षित यस बम आक्रमणमा एक सैनिक सवारीसाधन ध्वस्त हुनुको साथै अन्य कैयाँै नागरिकको सवारीसाधन ध्वस्त भएको बताइएको छ ।
ताजीकिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा यस वर्षको सुरुमा सुरक्षाबल र आतङ्ककारीबीच भीषण युद्ध जारी रहेको थियो ।
अफगानिस्तानको राजधानीदेखि २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी कुन्दुज सरहनजिकै कैयौ जिल्ला तालिवानी आतङ्ककारी समूहले कब्जा लिन खोजेका थिए ।
अफगानिस्तानमा रहेको संयुक्तराष्ट्र सङ्घीय नियोगका अनुसार सन् १०१५ को सुरुदेखि चार महिनाभित्रमा तालिवान आतङ्ककारीसँग आवद्ध हिंसामा अफगानिस्तानमा ९६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी सो हिंसामा अन्य एक हजार ९६० व्यक्ति घाइते भएका पनि नियोगले जनाएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया