आमा वा बाबु कायम गराउन दबाबको आवश्यकताः नेता भटृराई
काठमाडौँ, २७ असार । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधानमा नागरिकताको सवालमा ‘आमा वा बाबु’ नै कायम गर्नका लागि सकारात्मक दबाबको आवश्यकता औँल्याउनुभएको छ ।
रक्षा नेपालद्वारा यहाँ आज आयोजित भूकम्पबाट पीडित भई जोखिममा परेका महिलाका लागि राहत वितरण कार्यक्रममा उहाँले अन्तरिम संविधान, २०६३ मा भएको ‘आमा वा बाबु’ को व्यवस्था हटाइएकोप्रति आपत्ति जनाउनुभयो ।
अझै पनि समय भएको हुँदा संविधानमा ‘आमा वा बाबु’ नै कायम गर्न महिला अधिकारकर्मी एकजुट हुनुपर्ने उहाँको भनाइ छ । “आमाको नामबाट नागरिकता पाउने विषय, महिला, दलित, मधेसी, मुसलमान तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वलगायत विषयलाई नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा छुटाइएको छ, ती छुटेका विषयलाई समेटिनुपर्छ”–पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले भन्नुभयो ।
अर्को एक फरक प्रसङ्गमा नेता भट्टराईले बलात्कारको मुद्दामा अन्यायमा पर्दै आएकी पूजा बोहराले जतिसक्दो चाँडो न्याय पाउनुपर्छ भन्नुभयो ।
रक्षा नेपालले सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र धादिङलगायतका भूकम्पपीडित २०० घरधुरीका महिलालाई त्रिपाल, दाल, चामल र चिनीलगायत खाद्य सामग्री वितरण गरेको छ ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले मुलुकका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनालाई अन्त्य गर्न सरकारसँग आग्रह गर्नुभयो । विगत १२ वर्षदेखि रक्षा नेपाल महिला ंिहंसाका घटनामा लड्दै आएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा लोक गायकद्वय बद्री पङ्गेनी, कोमल ओलीलगायतले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, रक्षा नेपालले भूकम्पको समयमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने विदेशी तथा स्वदेशी नागरिकलाई सम्मान गरेको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया