मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:१३
वासिङटन डिसी 08:28

एथलेटिक्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान

इनेप्लिज २०७२ असार २७ गते १४:४२ मा प्रकाशित

02619काठमाडौं, २७ असार । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा भएको खेलाडीहरुको नेसनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय कीर्तिमान तोडिएका छन् ।

आज दोश्रो दिन पुरुषको हाइजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान राख्ने क्रममा बालकृष्ण चौधरीको १.९७ मिटरको कीर्तिमानलाई उछिन्दै १.९८ मिटरको उचाइको कीर्तिमान राखे ।

आजै सम्पन्न महिलाको ज्याभ्लिन थ्रोमा सिमाकुमारी थारुले आफ्नो नाममा रहेको पुरानो ३९.४६ मिटरको रेकर्डमा सुधार गर्दै ४३ मिटरको नयाँ कीर्तिमान राखिन् । यस्तै महिलाकै डिस्कस थ्रोमा अमृता महतोले पुरानो रेकर्ड ३४.३७ मिटरमा सुधार गर्दै ३९.८२ मिटरको नयाँ राष्ट्रिय रेकर्ड स्थापित गरिन् ।

राष्ट्रिय कीर्तिमान राख्ने तीनै जना खेलाडी हाल राष्ट्रिय टिममा रही प्रशिक्षण लिइरहेकाछन् ।

यही टाइमट्रेल प्रतिस्पर्धामार्फत नै खेलाडीलाई वैदेशिक प्रतिस्पर्धामा सहभागिता गराइने प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले बताउनुभयो ।

प्रतिक्रिया