मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:४६
वासिङटन डिसी 14:01

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

इनेप्लिज २०७२ असार २७ गते १४:३५ मा प्रकाशित

Rss_Images_1436711621130_RS-KTM-sabhashad-

काठमाडौँ, २७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई बैठकले अस्वीकार गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रममा एनेकपा (माओवादी) का गिरिराजमणि पोखरेल, राप्रपा (नेपाल)का सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मीना पुन, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरलगायतले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएको थियो ।

आजैको बैठकमा अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण पेस गर्नुभयो ।

त्यसअघि बैठकमा सभामुख सुवास नेम्वाङले अर्थ मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको अनुमान पेस गर्नेसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते मङ्गलबार अपराह्न १६ः०० बजे बस्नेछ । उक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७२÷७३ को राजस्व र व्ययको विवरण (बजेट) पेस गर्नुहुनेछ ।

प्रतिक्रिया