कारको ठक्करबाट वृद्धाको मृत्यु

इनेप्लिज २०७२ असार २७ गते १४:२७ मा प्रकाशित

accident-signसुरुङ्गा(झापा), २७ असार । भारतीय दर्ता नम्बर रहेको कारको ठक्करबाट झापाको मेचीनगर नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ ।

ठक्करबाट शान्तिनगर–१ निवासी ७२ वर्षीया मालती लुङ्गेली ठकुरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१ निन्दा खोला नजिकै सडकपेटीमा हिँडिरहेकी उनलाई धुलावारीबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी ०२५७९८ नम्बरको कारले ठक्कर दिएको थियो । वृद्धाको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया