बिहीबार, असार १० २०७८
काठमाडौं ११:४९
वासिङटन डिसी 02:04

अब चाँडो संविधान जारी हुन्छ: उपप्रधानमन्त्री गौतम

इनेप्लिज २०७२ असार २७ गते १४:२५ मा प्रकाशित

bamdev_20140625010346काठमाडौँ, २७ असार । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अब चाँडो संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

महिला अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले संविधानसभाबाट संविधान जारी गर्ने मुख्य शक्तिका रुपमा अहिले आफ्नो पार्टीले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

उहाँले संविधान जारी भएपछि मुलुकमा सङ्क्रमणकालको अन्त्य भई राजनीतिक स्थिरता कायम हुने र त्यसले देश र जनतालाई समृद्धतर्फ लैजाने बताउनुभयो ।

उक्त कार्यक्रममा केन्द्रका अध्यक्ष सीता ओझाले लेख्नुभएको ‘पत्र–मञ्जुषा’ र ‘नामेट तस्बिर’ नामक कृति लोकार्पण गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्यकार डा सुधा त्रिपाठीले ती कृति समाजिक विषयवस्तुमा केन्द्रीत रहेकाले समाजका विभिन्न खालको विभेद्लाई अन्त्य गर्न उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया