बिहीबार, असार ३ २०७८
काठमाडौं २३:३७
वासिङटन डिसी 13:52

विषालु च्याउ खाँदा चार सिकिस्त

इनेप्लिज २०७२ असार २७ गते ४:४८ मा प्रकाशित

musrumअर्घाखाँची २७ असार । विषालु च्याउ खाँदाधनचौर गाविसमा चार बालिका सिकिस्त बिरामी परेका छन् ।

जङ्गलबाट ल्याएको विषालु च्याउ शनिबार खाँदा धनचौर गाविस वडा नं १ निवासी आठ वर्षीया अस्मिता जिसी, छ वर्षीया युवा जिसी, आठ वर्षीया गीता जिसी र पाँच वर्षीया सुस्मिता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

सबै बालिकालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलको अञ्चल अस्पतालमा राति नै पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया