एक हजार तिरेर वृक्षरोपण
चितवन, २७ असार । नागरिकले रु एक हजार तिरेर चित्रवन नगरपालिकामा वृक्षरोपण गरेका छन् ।
नगरवासी र विभिन्न संस्थाले दिवङ्गत परिवारका नाममा र सम्झनाका लागि शनिबार बिरुवा रोपेका हुन् । एक बिरुवाका लागि रु एक हजार तिरेर एक बिरुवा रोप्न पाउने व्यवस्था गरिएको छ । पहिलो दिन मात्रै ३०० बिरुवा रोपिएको छ ।
यसअघि धेरै स्थानमा वृक्षरोपण भए पनि त्यसको संरक्षण खासै हुन नसकेको भन्दै नागरिकलाई बिरुवाप्रति भाव जगाउनका लागि पनि स्मृति वृक्षबाटिकाको अवधारणा अघि ल्याइको हो ।
प्रत्येक बिरुवामा बिरुवा रोप्नेको परिचय पनि राखिएको छ । यसले नागरिकमा बिरुवाप्रतिको मोह जगाएको चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले बताउनुभयो । वृक्षरोपणको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चक्रपाणि शर्माले बिरुवा रोपेर सुरुआत गर्नुभएको थियो ।सो क्षेत्रमा करिब एक हजार बिरुवा रोप्ने योजना रहेको कार्यकारी अधिकृत अर्यालले बताउनुभयो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया