एनआरएन अमेरिका – बर्तमान र निबर्तमान एकै मंचमा

इनेप्लिज २०७२ असार २७ गते २:३५ मा प्रकाशित

IMG_2723एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरले सम्पूर्ण संस्थाहरुलाई संयोजन गर्दै आम समुदयालाई सेवा दिन एक कार्यक्रमको आयोजना गर्यो जुन धेरै प्रसंसनिय छ ।

हालै नेपालमा गएको महाभूकम्प र त्यस्लाई मलम लगाउने अभियान एकातिर हुँदा-हुँदै अमेरिकामा रहेका तर आफ्नो घर परिवार भेट्न तत्काल नेपाल जान नमिल्ने अवस्थाका नेपालीहरुका लागि अमेरिकी सरकारले गरेको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (TPS) को ब्यबस्था भए पछि, केही अलमलमा परेको नेपाली समुदयको सहयोग पुर्यौने उद्देश्यले आयोजना गरिएको यो छलफल तथा अन्तर्कृया कार्यक्रममा स्यान फ्रान्सिस्को क्षेत्रका सबैजसो सामाजिक संस्थाहरुको उपस्थिती रहन गयो ।

स्थानिय बर्केली सिटीमा आयोजना गरिएको सो कार्यक्रम बर्तमान एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा ३०० भन्दा बढी नेपालीहरुको सभागिता थियो ।

नेपाल दुइवटा छन भूगोलको नेपाल र भावनाको नेपाल। हामी ३५ लाख भन्दा बढी नेपाली चाँहि भवनाको नेपालमा छौ । यो दुवै नेपाल उएउटै नेपाल बनाउनु पर्छ यसका लागि हामी एनअारएन लागि परेका छौ जुन कुरा संबिधान बनेको अबस्थामा पुरा हुने छ ।

कार्यक्रमका प्रमुख अतिथी एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले प्रमुख अतिथिको हैसियतले भने अबको एनआरएन भनेको सबै संगै मिलेर साथ साथमा जानु पर्छ, नेपाली समुदायाको हितका काम गर्नु पर्छ, नेपालको हितको लागि काम गर्नु पर्छ र ति सबैका लागि हामीले योजनाबद्ध रुपमा कार्यक्रमहरु बनाउदै छौ जुनकुरा गत निर्वाचनमा घोषणा गरिएका कार्यक्रममा आधारित छन ।

छिट्टै अमेरिकाका प्रमुख शहरहरुमा नेपाली कल्चर सेन्टर अथवा कम्युनिटी सेन्टर बनाउन यसरी नै सम्पूर्ण संस्थाहरुको संयोजन गर्दै जाने कुरा बातएका छन् । यसको सुरुवात पनि क्यालिफोर्नियाले गरोस डा पौडेलले जोड दिए । एनआरएनले आँफै स्थानिय समुदयमा कार्यक्रम गर्दैन तर बातावरण बनाउछ एउटा छाताको काम गर्छ । डा पौडेलले क्यालिफोर्निया च्याप्टरलाई यो बातावरण बनाएकोमा धन्यबाद दिंदै आगामी दिनमा पनि यसै रुपमा जानका लागि निर्देशन दिए l

कार्यक्रममा बिशेष अतिथिको रुपमा निबर्तमान अध्यक्ष खगेन्द्र क्षेत्रीले एनआरएन अमेरिकाले आफ्नो कार्यकालमा गरेका कार्यहरुबरे बताउदै बर्तमान कार्यसमिती एक निर्बाचित सक्ष्यम टिम भएकोले धेरै कार्यहरु गर्ने विश्वाश रहेको बताए साथै उन्ले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (ट्प्स), एमआरपी पास्पोर्टबरे परामर्श पनि दिए l

साथमा एनआरएन अमेरिकाका निर्वाचन आयोगका सदस्य तथा कानुनबिद यज्ञ नेपाल अनि अर्का कानूनबिद गोपाल शाहको पनि उपस्थित थियो उनिहरु दुवै जनाले सोही बिषयमा राय दिएका थिए ।

दर्जन जसो संघसंस्थाहरुले सभागिता जनाएको उक्तकार्यक्रम धेरै उत्साहजनक देखिन्थ्यो । यि दुबै बर्तमान र निर्बर्तमान अध्यहरु हालमात्र होइन बिगतमा नेपालमा राहत बितरणमा जाँदा पनि सङैसेवा गरेका थिए । यसरी एउटै मंचबाट सेवा गर्ने परम्परा सबैमा पछि सम्म रहोस भन्ने शुभकामना अन्य बक्ताहरुले दिए ।

pic

प्रतिक्रिया