एक लाखभन्दा बढी फलफूलका बिरुवा वितरण

इनेप्लिज २०७२ असार २७ गते २:२७ मा प्रकाशित

Falfulखोटाङ, २७ असार । जिल्लाका कृषकलाई यस वर्ष एक लाख २७ हजार ४३० फलफूलको बिरुवा वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले विभिन्न नर्सरीबाट खरिद गरेर एक लाख एक हजार ५०० अलैंची, १३ हजार सुन्तला, आठ हजार कागती, एक हजार जुनार, एक हजार ५०० लिची, एक हजार ३३० अनार, ७०० आँप, ३०० अम्बा र १०० रुख कटहरको बिरुवा वितरण गरेको हो ।

कृषि पेसालाई व्यावसायिक र आधुनिकीकरण गर्दै किसानको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले फलफूलको बिरुवा वितरण गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन सम्भाव्यता अध्ययन गरेर फलफूलको बिरुवा वितरण गरिएको छ, त्यसैले यसबाट कृषकहरुले राम्ररी आम्दानी गर्न सक्ने अपेक्षा गरेका छौंँ ।”

प्रतिक्रिया