बाघ आतङ्क
इलाम, २७ असार । झापा जिल्लासँग सीमा जोडिएको दक्षिणी इलामको शान्तिपुरमा बाघ आतङ्क बढ्न थालेको छ ।
बाघले स्थानीयवासीका बाख्रा खोरबाटै उठाएर लान थालेपछि बाख्रापालक किसान चिन्तित बनेका छन् । भर्खरै प्रसाईं बाख्रापालन फार्मका जयप्रसाद प्रसाईंको शान्तिपुर–७ बर्फल्याङस्थित बाख्राको खोरबाट बाघले तीन बाख्रको सिकार गरेको छ ।
बाघले आफ्नै बारीमा बाख्रा आधा खाएको अवस्थामा फेला परेको थियो । बाख्रा हराएर खोजी गरेपछि अम्लिसो बारीमा आधाआधा बाख्रा फेला परेका थिए । यस्तै शान्तिपुरका धेरैजसो किसानका बाख्रा हराउने क्रम रोकिएको छैन ।
घिमिरे बाख्रापालन फार्मका सञ्चालक लक्ष्मी घिमिरेका अनुसार स्थानीयवासी कुमार गुरुङ र थाननाथ सुवेदीसमेतको बाख्रा बाघले खाइदिएको छ । यस्तै नन्दलाल प्रसाईंको बाख्रा हराएको छ । बर्सेनि बाघको प्रकोप बढेको उनीहरुको भनाइ छ । बाघले बाख्रा खाए पनि त्यसको उचित क्षति पाउन नसकेको किसानले बताएका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया