वर्षाले खेल रद्द, नेपालले अंक बाँड्यो
झापा, २६ असार । विश्व टी–२० छनोट क्रिकेट अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालले नामिबियासँग अंक बाँडेको छ। तेस्रो पटक अवरुद्ध भएपछि पनि पानी नरोकिएपछि खेललाई रद्द गर्दै दुवै टोलीलाई अंक दिइएको हो।
यसअघि आयरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। वर्षाका कारण बलिङ सुरु नहुँदै खेल स्थगित हुन पुग्यो। झन्डै एक घन्टापछि सुरु भएको खेल ७ ओभरमासम्म चल्यो।
त्यसको घन्टापछि सुरु भएको खेलमा नेपालका शक्ति गौचनले ४ बल फ्याँक्न भ्याए। उनले आठौं ओभर पूरा गर्न नपाउँदै वर्षाले तेस्रो पटक खेल स्थगित भएको छ। नामिबिया ७.४ ओभरमा ६१ रन बनाएर खेलिरहेको थियो। नामिबियाको एक विकेट पारस खड्काले ढालेका हुन्।
उपकप्तान ज्ञानेन्द्र मल्ल र स्पिनरको सहयोगमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपालको बलियो पक्ष कप्तान पारस खड्का रहेको आइसीसीको विश्लेषण छ। अन्तरार्ष्ट्रिय टी २० क्रिकेटमा उनको औसत रनरेट ३६.११ रहेको छ। अमेरिकासँगको खेलमा पारसको प्रदर्शन पुनः प्रभावशाली देखिएको थियो। नेपालले अमेरिकालाई पराजित गरेर विश्व ट्वान्टी २० छनोटमा विजयी सुरुवात गरे पनि डिभिजन एकमा रहेको टोलीलाई दवाबमा राख्न ब्याटिङलाइन सुधार्नुपर्ने हुन्छ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया