‘नाकाबन्दीको धम्की दिने आफैँ धरापमा पर्छन्’
सर्लाही, २६ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौँलाई नाकाबन्दी गर्छु भन्नेहरु आफैँ त्यसको धरापमा पर्ने बताउनुभएको छ ।
आज दिउँसो सर्लाहीको हरिवनमा नेकपा (एमाले) हरिवन नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “तराईका धर्तीपूत्र भन्नेहरुले काठमाडौँमा अकूत सम्पत्ति थुपारेका छन्, उनीहरुले गर्ने नाकाबन्दीबाट आफैँ पहिला धरापमा पर्नेछन् ।”
अर्काको दानापानी खाएर अर्काको भाषा बोल्नेहरुले नेपालको कहिल्यै हित नसोचेको उल्लेख गर्दै मन्त्री पण्डितले अर्काको बलमा नाकाबन्दीको धाक देखाउनेहरु संविधान निर्माणपछि स्वतः समाप्त भएर जाने दाबी गर्नुभयो ।
मन्त्री पण्डितले व्यवस्थापिका–संसदबाट निजामती सेवा ऐन पारित भएकाले अब कुनैपनि सरकारी कर्मचारीले नेपाल र विदेशमा एकसाथ काम गर्न पाउँदैनन् र नेपालभित्रै पनि एनजिओ र आइएनजिओमा काम गर्न पाउँदैनन् भन्नुभयो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया