विगतका आन्दोलनका उपलब्धि अब गुम्ने खतरा टर्‍यो: नेता ज्वाला

इनेप्लिज २०७२ असार २६ गते १६:०५ मा प्रकाशित

Prakash-Jwala_20110413061839तुलसीपुर (दाङ), २६ असार । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले विगतका आन्दोलनका उपलब्धि अब गुम्ने खतरा टरेको बताउनुभएको छ ।

प्रेस चौतारी दाङको १५ औँ वार्षिक साधारणसभामा उहाँले सङ्घीयताको अधिकार बाँडफाँड गर्ने, सङ्घ, प्रदेश र केन्द्रका अधिकार विभाजन गर्ने, प्रदेशको सङ्ख्या तोक्ने जस्ता महत्वपूर्ण काम सम्पन्न भइसकेकाले अब जनताले अग्रगामी संविधान एक महिनाभित्रै जनतामा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जारी मस्यौदामा महिला वर्ग र दलित समुदायको विषयमा धेरै विरोध उठेको भन्दै कमीकमजोरी औँल्याउनकै लागि अहिले छलफल, बहस र अन्र्तक्रिया भइरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने सञ्चारकर्मीले भने अब बन्ने नयाँ सविधानमा प्रेस स्वातन्त्रतामाथि अङ्कुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । पत्रकारले सविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता शब्द हटाइनु र पत्रकार आचारसंहिता सरकारले निर्माण गर्न खोजेर प्रेसलाई अङ्कुश लगाउन खोजेकामा आपत्ति जनाएका हुन् ।

प्रेस चौतारीका उपाध्यक्ष सुरेन्द्र काफ्लेले श्रमजीवी पत्रकारको क्षेत्रमा राज्यले सोच्नै पर्ने बताउनुभयो ।

प्रतिक्रिया