तेत्तीस दलीय मोर्चाले संविधानको प्रस्तावित मस्यौदा जलायो
इनेप्लिज
२०७२ असार २६ गते १५:५१ मा प्रकाशित
काठमाडौँ, २६ असार । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चाले नयाँ संविधानको प्रस्तावित मस्यौदा जलाएको छ ।
मोर्चाका कार्यकर्ताहरु शान्तिवाटिकाबाट नारा जुलुससहित भोटाहिटी पुगेर कोणसभा गरेका थिए ।
सभामा बोल्दै माओवादी उपत्यका इन्चार्ज दिनेश शर्माले जनअपेक्षा बिपरित जनताको हक, अधिकार कटौती गर्ने गरी संविधान ल्याउन लागिएकोले मस्यौदा च्यात्न लागिएको बताउनुभयो ।
उहाँले उत्पिडित वर्ग र समुदायलाई अधिकारबाट फेरी पनि वञ्चित गर्ने प्रयत्न विरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नभएको धारणा राख्नुभयो ।
दलहरुबीच भएको १६ बुँदे सहमतिले मुलकलाई परिवर्तनको बाटोमा अघि बढ्नबाट रोकेको उहाँको जिकिर थियो ।
कोणसभा लगत्तै इन्चार्ज शर्माले मस्यौदाको प्रति च्यात्नु भएको थियो भने कार्यकर्ताले मस्यौदा जलाएका थिए ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया