जनताको सबै माग नीति तथा कार्यक्रममा नसमेटिएको सांसदहरुको भनाइ
काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमका सबल तथा दुर्बल पक्ष भएको सांसदहरुले टिप्पणी गरेका छन् ।
झन्डै १७ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गर्ने सम्बन्धमा सरकारले अगाडि सारेको योजना सराहनीय भए पनि अन्य कार्यक्रम भने विगतको निरन्तरता भएको उहाँहरुको भनाइ थियो ।
कृषि क्षेत्रको विकास र विस्तार गर्ने प्रभावकारी कार्ययोजना नभएको, पर्यटन तथा जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्ने भए पनि त्यसो हुन नसकेको, गरिब समुदायको हितका लागि कुनै पनि कार्यक्रम नआएकामा सांसदहरुले आपत्ति प्रकट गर्नुभएको थियो ।
कर्णाली तथा दुगर्म क्षेत्रका जनताका लागि राहत दिने कार्यक्रम ल्याउन जोड दिँदै उहाँहरुले पाँच विकास क्षेत्रमा उच्च प्रविधियुक्त आवासीय विद्यालय स्थापना गर्नुपर्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि नबढाइएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा देवकरणप्रसाद कलवार, कृपाराम राना, खड्गबहादुर बस्याल, ओफीलाल ओखेडाले आफ्नो धारणा राख्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्म हुने जानकारी सभामुख सुवास नेम्वाङले बैठकमा जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया