अल्बर्ट आईन्सटाईनलाई पनि माथ दिने कोइरालाले

इनेप्लिज २०७२ असार २६ गते २:४४ मा प्रकाशित

pratik koirala

विश्व विख्यात आईन्सटाईनको बारेमा ब्याख्या जति गरे पनि कम नै हुन्छ l आईन्सटाईनले सापेक्षता सिद्धांतको विकास गरेका थिए l उनको मास इनर्जी इक्वीभ्यालेन्ट सुत्र E = mc2 बिश्व कै सर्बोकृष्ट सन्तुलन मानिन्छ l ब्रम्हाण्ड कै तीक्ष्ण बुद्धिमानमा आईन्सटाईनलाई पनि सम्झिने गरिन्छ l २१ औ शताब्दीमा नहुने र दुर्लब भन्ने चिज नै अब रहेन l

यस्तै तिखो बुद्धि भएका नेपालका एक युवाले बिश्वलाई एक चमत्कार देखाउने प्रयत्नमा छन् l विश्वास गर्नुस या नगर्नुस l तर उनि भित्र रहेको निहित प्रतिभाको कारण संभव पनि हुन् सक्ने देखिएको छ l पुर्खौली घर दुम्जा सिन्धुली भै हाल नेपालको औधोगिक नगरी बिराटनगरमा बस्दै आएका ३० बर्षिय युवा प्रतिक कोइरालाले विश्व विख्यात गिनिज बिश्व पुस्तकमा ब्रम्हाण्ड कै बुद्धिमान व्यक्तिको नाम आफुले लेखाउने सोच बनाई रहेको खुलाशा गरेका छन l सोच अत्यन्तै महत्वाकांक्षी तथा अपत्यारिलो भएकोले एक पटक सबै नेपालीको दिमाग यस कुराले फनफनी घुमाउने छ l

कोइरालाले बिराटनगरबाट वाशिंगटन डिसी बाट संचालित बिधुतिय पत्रिका ईनेपलिज़लाई उक्त कुरा जानकारी दिएका हुन् l अमेरिकाबाट २००६ मा आफ्ना पिताको देहान्त पछि नेपाल फर्केका प्रतिक कोइराला २०५१ सालको स्व गिरिजा प्रसाद कोइरालाको समयमा सिन्धुली क्षेत्रबाट संसद बनेका स्व प्रकाश कोइरालाका सुपुत्र प्रतिक कोइराला बिबिध बिषयमा अबिरल रुपमा कलम चलाई रहेका हुन्छन l

गिनिज बिश्व पुस्तकमा ब्रम्हाण्ड कै बुद्धिमान व्यक्तिको दाबी गर्ने योजना बिषयमा तैयारी ,योजना तथा आधारहरु बारे प्रश्न राख्दा कोईरालाले भने “यस बिषयमा आफु योग्य छु भन्ने लागेकोले दाबी गर्न हिम्मत राख्दछु भन्दै यस बिषयमा सोची रहेको बताए l

यत्रो ठुलो ब्रम्हाण्डमा नेपालीले गिनिज वर्ल्ड रेकर्डमा विश्व कै सबै भन्दा बुद्धिमानमा नाम लेखाउने परिकल्पना तथा आँट नै सबै भन्दा ठुलो कुराको साथै स्वागत योग्य पनि हो l यस्ले भ्रम तथा मानिसलाई एक पटक घोत्लिन बाध्य पनि गराउदछ l

बुवाको मृत्यु पछि अमेरिकाको पढाई अधुरो मै छोडी कोइराला बिराटनगर मै परिवार सहित बसोबास गरि रहेका छन् भने उनले थुप्रै बिषय तथा विधामा हात हालेका छन् l ज्यादा दर्शन बारेमा र विश्लेषणमा ज्यादा मस्तिष्क खर्च गर्छन l उनको पेशा नै लेखक र दार्शनिक भएको कुराकानीमा प्रस्ट पारेका छन् l

उनि अर्थशास्त्र ,बिज्ञान ,प्रबिधि ,चिकित्षा ,मनोबिज्ञान ,दर्शन शास्त्र ,राजनीति ,बाणिज्य ,शान्ति बिषयमा निरन्तर केहि नकेहि फ्याकी रहेका हुन्छन भने यसको अतिरक्त गीत पनि लेख्छन l

उनले सीएनएन ,बिबिसीमा बिधुतिय पत्राचार २००७ देखि अहिले सम्म तथा व्हाइट हाउसको अनुहार किताबमा २००८ देखि अहिले सम्म पत्राचार नियमित गरि रहेका छन् l

उनले सीएनएनको आई रिपोर्ट तथा बिबिसीको ह्याबयोरसे तथा व्हाइट हाउसको प्रेसिडेन्ट @ व्हाइट हाउस मा पत्राचारको साथै संचार माध्यममा कुरा पुर्याउने ,राज्यका प्रमुख व्यक्ति तथा निकाय संग पत्राचार गर्ने गरेको बताए l लेख्न ,सुझाब र सल्लाह दिन माहिर छन् भने अत्यधिक समय सृजनशीलतामा बिताउने गएको बताए l

” टक्स दि स्लोपोईजन ” का लेखक हुन् भने उनको पुस्तक २००९ मा प्रकाशित गरेको बताए उनले अहिले पनि सल्लाह र सुझाब निरन्तर दिने क्रममा छन् भने हालै हिलारी क्लिन्टनको पन्ना मार्फत अमेरिकाले ईरानको न्युक्लियर विद्युतीय उत्पादन सम्हाल्नु भनि सुझाब दिएको बताए l

कोइरालाले अर्थशास्त्र ,बिज्ञान ,प्रबिधि ,चिकित्षा ,मनोबिज्ञान ,दर्शन शास्त्र ,राजनीति ,बाणिज्य तथा अन्य बिषयमा बिश्लेक्षण गर्दै गहिरो बिचार पस्किएका छन् l गिनिज बिश्व पुस्तकमा नाम लेखाउने थुप्रै नेपाली मुलका नेपालीहरु अमेरिकामा छन् भने अब ब्रम्हाण्ड कै बुद्धिमान भनि लेखाउने काम बिराटनगरका युवा लेखक तथा दार्शनिक प्रतिक कोइरालाले कसो नगर्लान त ? धैर्यताको साथ प्रतिक्षा गरौ l

प्रतिक्रिया