भकारो सुधारका लागि पचास कृषकलाई अनुदान
कञ्चनपुर, २६ असार । अभियानमूलक भकारो सुधार कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय कञ्चनपुरले दैजीका ५० जनालाई शुक्रबार अनुदान रकम प्रदान गरेको छ ।
दैजी गाविसअन्तर्गत रहेको कृषि वन तथा वातावरण समितिले छनोट गरेका कृषकलाई अनुदान रकम प्रदान गरिएको हो ।
गाविसको वडा नं १ देखि ९ सम्मका व्यावसायिक पशुपालनमा लागेका कृषकलाई रु पाँच हजार २०० का दरले रकम उपलब्ध गराएको कृषि विकास कार्यालय कञ्चनपुरका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताउनुभयो ।
पचास जनालाई रु दुई लाख ६० हजार वितरण गरिएको जानकारी उहाँले दिनुभयो । “भकारो निर्माण गरेका कृषकले पशुको मुत्र सङ्कलन गरी खेतबारीमा छर्केमा युरिया र कीटनाशकको कार्य भएकाले यसलाई अभियानकै रुपमा लागू गरिएको हो” उहाँले भन्नुभयो ।
पशुको मुत्र सङ्कलन गरी खेतबारीमा छर्कने गरेमा बजारबाट रासायनिक मल युरिया र कीटनाशक विषादी खरिद गरेर हाल्नु नपर्ने भएकाले खर्चको कटौती र स्वस्थवद्र्धक कृषि उत्पादन लिन सकिने उहाँको भनाइ छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया