अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भर्जिनियाको मनाससमा “टिपीएस” कार्यक्रम

इनेप्लिज २०७२ असार २५ गते २०:१० मा प्रकाशित

नेपालमा विनासकारी भुकम्प गै सके पछि अमेरिकी सरकारले नेपालीलाई दिएको बिशेष सुबिधा TPS को बारेमा अमेरिका नेपाल सहयोगी समाजको अगुवाईमा यही जुलाई ९ तारिख २०१५मा भर्जिनियाको मनाससमा एक सभ्य र भब्य कार्यक्रम सम्पन्न भयो । USCIS ( U.S. CITIZENSHIP AND IMMIGRATION SERVICES) Public affair officer, Joanne M. Ferreira (Media Division) र USCISकै TPS (TEMPORARY PROTECTED STATUS ) मामला हेर्ने Community Relations Officer Gloria Williams-Brevardले TPSको बारेमा बिशेष जानकारि दिनुभयो। भर्जिनियाका सेनेटर Mark R. Warner’s को अफिसबाट Outreach Representative Ms Anh C. Phan ले यस TPSले धेरै नेपालिहरुलाइ सहयोग पुग्ने बताउदै निर्धक्क भएर फाइदा लिन अनुरोध गरिन।कार्यक्रममा टिपीएसका सम्बन्धमा जानकारी राख्ने अनुभवी बरिष्ठ अधिवक्ता श्री लभ कार्कीले कानुनि पर्क्रिया बारे जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया