” ऊ वेग लिएर आउछ …” नेपाली जनसम्पर्क समिति अमेरिकाको गीति प्रस्तुति ( भिडियो सहित )

इनेप्लिज २०७२ असार २५ गते १७:०५ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाले महा विनासकारी भूकम्पको सन्दर्भमा एउटा राष्ट्रिय गीत प्रस्तुत गरेको छ । जस्तो सुकै बिपत परेपनि हामी एकजुट भएर त्यसको सामना गर्नु पर्छ र आफ्नै पौरखले पुन: समर्थ बन्नु पर्छ भन्ने संदेश उक्त गीतले दिएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट निर्माता रहेको सो गीत शैलेश आचार्यले लेख्नु भएको हो । ख्याती प्राप्त संगीतकार वसन्त सापकोटाको सङ्गीतमा उहा समेत राजेश पायल राई र रजीना रिमाल जस्ता प्रतिष्ठीत गायक गायिकाको स्वर उक्त गीतमा छ ।

वरिष्ठ चलचित्र निर्देशकहरु नारायण पुरी र विकास आचार्यको संयोजनमा तयार पारिएको ” ऊ वेग लिएर आउछ …..” को दृश्य सम्पादन हिमालय टेलिभिजन नेपालका कीर्तिजनार्दन जोशीले गर्नु भएको छ ।

उपरोक्त गीतसमेत समावेश गरेर नेपालमा ब्लक ब्लास्टर साबित भैसकेको चलचित्र ” नाई नभन्नु ल – ३” को अमेरिका व्यापी प्रदर्शन गर्ने तैयारी नेपाली जन सम्पर्क समितिले गरिरहेको कुरा नेजसका केन्द्रिय सदस्य एवं वेस्ट टेक्सस च्याप्टरका सभापति हरिबोल भन्डारीले हिमालय खबरलाई बताउनु भएको छ । श्री भन्डारीका अनुसार उक्त चलचित्र प्रदर्शनबाट उठ्ने सम्पुर्ण रकम प्रकृति प्रकोपमा परेका नेपालीहरुका लागि खर्च गरिने छ ।

प्रतिक्रिया