अमेरिकामा ग्यारीको सफलता

इनेप्लिज २०७२ असार २५ गते १०:५१ मा प्रकाशित

giri

क्यालिर्फाेनिया । काभ्रेको विकट गाउँ सापिङमा जन्मीएका उद्धव गिरी (ग्यारी) ले अमेरिकामा प्राप्त गरेका सफलता पछाडि धेरै सघर्षका कथा छन् । क्यालिर्फोनिया राज्यको सेक्रेमेण्टोमा सफल घर जग्गा ब्यबसायीको रुपमा परिचय बनाएका गिरीले अमेरिकामा कठिन मेहनत गरेका छन् । वि.स २०२४ सालमा एउटा समान्य किसानको घरमा जन्मीएका गिरीले विश्वको सक्तिशाली देश अमेरिकामा पाएको सफलता, मेहनत र सघर्षका कथा क्यालिफोर्नियामा चर्चाको विषय पनि बन्ने गरेको छ । २५ बर्ष अघि अमेरिका छिरेका गिरीे रसिलो आखाँमा सघर्षका कथा सुनाउदैँ भन्छन्, “ रात पछि दिन हुन्छ भने जस्तै दुःख पछि सुःख हुन्छ । मानिसले जीवनमा कुनै पनि काम मन र दिमाग लगाएर गर्यो भने सफल हुन्छ ”

प्रवेशिका परीक्षाको एक पटकको असफलताले नै गिरीलाई जीवनमा सफल बनायो । काभ्रेको भूङ्ग्रुटार माध्यमिक विद्यालय कष्टपूर्ण ढंगले अध्ययन गरेका गिरी एसएलसीमा अनुतिर्ण भएपछि निरास भएर कामको खोजीमा राजधानीबाट काठमाडौं छिरेका थिए । सुरुका दिनमा डिल्लीबजारको एक होटलमा रुम व्वाइको रुपमा काम गरेका गिरी अहिले अमेरिकाको क्यालिफोनिया राज्यमा घर जग्गा कारोबारका सफल ब्यबसायीको रुपमा चिनिन्छन् । काठमाडौंबाट रित्तो हात अमेरिका छिरेका गिरीसंग अहिले ५ मिलियन डलरको बरावरको सम्पत्ति छ । शुरुमा ठमेलको एउटा समान्य होटलबाट काम सुरु गरेका गिरीको जीवनले ठमेलबाट डिल्लीबजार आएपछि नयाँ मोड लियो । डिल्लीबजारको पेल्सन बासनी होटलमा पर्यटकको रुपमा आएका एक अमेरिकी महिलासंग प्रेस सम्बन्धले उनको जीवनमा धेरै उतार चढाव ल्यायो ।

वि.स २०४६ सालमा नेपाल आएकी अमेरिकी नागरिक क्रिस्टिनसंको प्रेमले उनलाई अमेरिका सम्म पुर्याएको सम्झीदै मन्द मुस्कानमा गिरी भन्दछन्, “नेपालमा प्रेम बिवाह सम्बन्धी अध्ययन गर्न आएकी क्रिस्टिएन आफै नेपालीको प्रेममा परिन् । ” अमेरिका पुगेपछि क्रिस्टिएनले पटक पटक गिरीलाई निमन्त्रणा गरी अमेरिका बोलाइन् । तर तीन पटकसम्म पनि उनलाई अमेरिकाले भिषा दिएन । अबिवाहित भएकाले भिषा नपाएको थाहाँ पाएपछि क्रिस्टिनले गिरीसंग बिवाह गर्ने निर्णय गरिन् । चौथो पटकको निमन्त्रणा भने गिरीलाई अमेरिकाले ६ महिनाको भिषा दियो । त्यो समय उनको जीवनमा सबैभन्दा महत्वपूर्ण बन्न पुग्यो । भिषा लागेको दोस्रो दिन नै उनी अमेरिका उडे ।

बिदेशी महिलासंग बिवाह गरी अमेरिका आएपनि उनले धेरै सघर्ष गरेका छन् । अमेरिकामा कोही कसैसंग निर्भर हुन चाहदैन । सबैले काम गर्नुपर्छ, त्यही अनुसार गिरीले पनि आफै काम खोज्न थाले । ”

अमेरिकामा योग्यता अनुसार रेष्टुरेष्टमा किचेन सफा गर्ने काम मात्र पाएपछि गिरी निराश भए । तर पनि उनले रातको १२ बजे देखि विहान ४ बजेसम्म भान्सा कोठा सफा गर्ने काम गरे । प्रारम्भिक शिक्षा मात्र हासिल गरेकाले उनले राम्रो काम पाएनन् । अमेरिका आएपछि उनलाई पढाईको महत्व थाहाँ भयो । २५ बर्षको उमेरमा उनले अमेरिकामा हाई स्कुल जाने निधो गरे । नेपालमा दश कक्षा उत्तिर्ण गरेका उनले अमेरिकामा हाइस्कुल पास गरे । गिरीलाई थप पढ्ने इच्छा लागेपछि ट्राभल एण्ड टुरिजम विषयमा स्नातक पनि सके । स्नातक गरेपछि उनी फेरी राम्रो जागीरको खोजीमा भौतारिन थाले । तर पढे अनुसार जागिर फेरी पाएनन् ।

कठिन सघर्ष पछि पनि सफल हुन नसकेपछि गिरी नेपाल फर्किए । अमेरिका बसेको छोराले पैसा कमाएर ल्याएको छ भन्न लागेका उनका परिवारले काठमाडौंमा घर, जग्गा समेत हेरेका थिए । तर छोरा रित्तो हात आएको थाहाँ पाएपछि परिवारमा निराशा छायो । परिवारको अनुहारमा निराशाा देखेपछि फेरी अमेरिका फर्कने निधो गरेको जनाउदैँ गिरी भन्दछन्, “त्यसपछि मैले अमेरिका आएर दुई सिफ्ट काम गर्न थाले । ”

गिरीले अमेरिकामा होम डेलिभरीको काम शुरु थाले । दुई सिफ्टमा उनले कठिन परिश्रम गरी काम थालेपछि पछाडि फर्केर भने हेर्नुपरेन । विहान १० देखि ५ बजेसम्म अमेरिकामा घर जोड्नको लागि उनी काम गर्थे । साझ ५ बजे देखि ११ बजेसम्म नेपालमा घर जग्गा जोड्नको लागि उनले काम गरे । दुई बर्षमा उनले काठमाडौं र अमेरिकामा दुबै स्थानमा घर जोड्न सफल भए । अहिले गिरीको अमेरिकामा चार वटा घर छ भने एउटा स्टोर छ । करिब ५ मिलियन डलर बरावरको उनको सम्पत्ति मात्र छ ।

तीन बर्ष अघि घर जग्गा कारोवार थालनी गरेका गिरी यसमा पनि सफलता हासिल गरिरहेका छन् । घर जग्गा कारोबार सम्बन्धी अमेरिकाको पहिलो नम्बरमा आउने क्यालर विलियम्स कम्पनीमा एजेण्टको रुपमा काम गर्ने गिरीको यसबाट पनि बार्षिक आम्दानी राम्रो छ । अमेरिकामा अध्ययन गरी घर जग्गा कारोबार सम्बन्धी लाइसेन्स पाएपछि पहिलो पटक उनले आफ्नै बहिनीको घर बिक्री गरे । त्यसपछि अमेरिकाको सेक्रोमेण्टो राज्यमा उनले धरैको घर जग्गा विक्री गरिसकेका छन् । यो ब्यबसायलाई थप बढाउदै लैजाने गिरीको योजना छ । गिरी सिट्रस हाइट चेम्बर अफ कमर्सका बोर्ड अफ डाइरेक्टर पनि छन् । क्यालिफोनिायको सिट्रस हाइटमा विकास सम्बन्धी नीतिमा पनि उनी संलग्न छन् ।

उनी नेपाल अमेरिका फेडरेसन अफ कल्चरल एसोसियसन (नाफ्का) का पूर्व अध्यक्ष हुन् । उनको सक्रियतामा नेपालमा भूकम्प जादा तीन लाख बरावरको सहयोग पनि हस्तान्तरण गरिएको थियो । गिरीको सक्रियतामा नेपालको पर्यटनलाई अमेरिकामा प्रबद्र्धन गर्न नेपाल डे पनि आयोजना हुदै आएको छ । अमेरिकाको क्यालिर्फोनिया राज्यमा नेपालका वाणिज्य दूत नियुक्त गरी ब्यापार ब्यबसाय प्रबद्र्धन गर्नुपर्ने धारणा गिरीको छ । पर्यटनका सद्भाव अनिल पाण्डेको सक्रियता देखिए पनि क्यालिफोर्नियामा वाणिज्य दूतको खासै सक्रियता नदेखिएको गिरी बताउछन् । गिरीले अब आफू समाज सेवामा समर्पित हुन चोहेको पनि बताएका छन् ।

फोटो क्याप्सन ः
१.अमेरिकाको क्यालिफोनिया राज्यमा आफ्नै घर, जग्गासहितको गिरीको स्टोर
२.घर जग्गा कारोवारका लागि गाडीमा सक्रेमेण्टो जादैँ
३.सिक्रस हाइटमा रहेको गिरीको कार्यालय
४. घर जग्गा कारोवारका लागि तयार गरिएको सिडी देखाउदैँ गिरी

giri7 giri4 giri3 giri8

प्रतिक्रिया