आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:०१
वासिङटन डिसी 03:16

संविधान जारी गर्नु अगाडि नै सीमाङ्कनमा समस्या छैन: उपसभापति पौडेल

इनेप्लिज २०७२ असार २५ गते ८:४६ मा प्रकाशित

ramchandra-paudelबुटवल (खस्यौली), २५ असार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै दलबीच सहमति भएमा संविधान जारी गर्नु अगाडि नै सङ्घीयताको सीमाङ्कनमा कुनै समस्या नभएको बताउनुभएको छ ।

बुटवल निवासी नेपाली काँग्रेसका नेता पूर्व सांसद सूर्यप्रसाद प्रधानको जीवनीमा आधारित ‘समाजसेवी तथा राजनीतिज्ञ: सूर्यप्रसाद प्रधान’ पुस्तकको आज बुटवलमा विमोचन गर्दै उहाँले सूर्यप्रसाद प्रधानजस्ता व्यक्तिका कारण नै पार्टी चलेको टिप्पणी गर्नुभयो ।

निष्ठाको राजनीतिको अर्को नाम सूर्यप्रसाद भएको धारणा राख्दै उहाँले प्रधानले सामाजिक राजनीतिक तथा विकास निर्माणमा पु¥याउनुभएको योगदानको चर्चा गर्नु भयो ।

आठ प्रदेशमा अहिले पनि आफ्नो बिमत्ति कायमै रहेको बताउँदै उहाँले धेरै प्रदेश बनाउँदा मुलुकलाई धान्न गाह्रो हुने धारणा राख्नु भयो ।

उपसभापति पौडेलले लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान निर्माणको प्रक्रिया अगाडि बढेको र अब केही समयमा जनताका माझमा मस्यौदा आउन लागेकाले संविधानमा के कुरा संशोधन परिमार्जन गर्नुपर्ने हो राम्रोसँग अध्ययन गरेर सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा संविधानसभा सदस्य अब्दुल रज्जाकले सूर्यप्रसादजस्ता नेताकै कारण पार्टीको साख राम्रो रहेको बताउनुभयो ।

रुपन्देहीको स्वास्थ्य तथा शिक्षा र विकास निर्माण उहाँको अतुलनीय योगदान रहेको बताउँदै पुस्तक प्रकाशन समितिका संयोजक तथा सम्पादक महेश्वरप्रसाद श्रेष्ठले रुपन्देहीको समग्र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो ।

समाजसेवी प्रधानले लुम्बिनी अञ्चल अस्पताल बुटवलको प्रसूति गृह, रक्त सञ्चार सेवा केन्द्र बुटवलको भवन निर्माण, सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा बुटवल, लुम्बिनी वाणिज्य क्याम्पसको स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान सङ्काय भवन निर्माणजस्ता कार्यमा उल्लेखनीय योगदान दिनु भएको छ ।

कार्यक्रममा समाजसेवी प्रधानले पुस्तक प्रकाशन गर्ने तथा समग्ररुपमा आफूलाई सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । पूर्व सांसदहरु देवेन्द्र घिमिेर, रामचन्द्र भट्टराई, विनोद पहाडीले प्रधान असल लोकतान्त्रिक संस्कार र संकृतिका प्रतिमूर्ति भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया