चन्द्रनिगाहपुर आँखा अस्पतालमा कानको उपचार सेवा सुरु गरिने

इनेप्लिज २०७२ असार २५ गते ४:३० मा प्रकाशित

kanरौतहट, २५ असार । चन्द्रपुर नगरपालिकामा रहेको आँखा अस्पतालले साउनको दोस्रो सातादेखि कानको उपचार सेवा सुरु गर्ने भएको छ ।

कानको उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको यस क्षेत्रका सर्वसाधारण अब सुलभ मूल्यमा सेवा पाउन सक्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

बिहीबार चन्द्रनिगाहपुरमा आयोजित सरोकारवालालाई आँखासम्बन्धी जनचेतना कार्यक्रममा उक्त कुराको जानकारी गराउनुका साथै रौतहटलगायत आसपासका सर्वसाधारणको हितलाई ध्यान राख्दै कानको उपचारसम्बन्धी सेवा पहिलोपटक प्रदान गर्न थालिएको बताइएको छ ।

कार्यक्रममा उक्त अस्पतालका चिकित्सक हविवले चन्द्रपुर नगरपालिकामा एउटै अस्पतालबाट आँखा तथा कानको उपचार सुरु भएपछि यस क्षेत्र र आसपासका सर्वसाधारण कानको उपचारका लागि महँगो शुल्क तिरेर वीरगन्ज, भरतपुर तथा काठमाडौँ जाने झन्झटबाट मुक्ति पाउने बताउनुभयो ।

उहाँले सो अवसरमा आँखा अस्पतालबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४० हजारभन्दा बढीले सेवा लिइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया