लागुऔषध दुरुपयोगप्रति सरोकारवालाको चिन्ता

इनेप्लिज २०७२ असार २५ गते ४:२८ मा प्रकाशित

120716123644-pills-drugs-in-man-s-hands-generic-story-topलुम्बिनी (रुपन्देही), २५ असार । नेपाल भारत बीचको खुला सीमा नाकाको फाइदा उठाउँदै लागुऔषधका कारोबारी तथा सेवनकर्ता व्यापक रुपमा बढ्दै गएको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

लागुऔषध प्रयोगकर्ताले भरियाको प्रयोग गर्दै भारतीय बजार सुनौलीबाट लागुऔषध ओसारपसारलाई तीव्र गति दिएपछि नेपाली समाज लागुऔषधको दलदलमा फसेको उल्लेख गर्दै उनीहरुले यसको नियन्त्रणका लागि प्रहरी प्रशासन, स्थानीयवासी, नागरिक समाज, सञ्चारकर्मी तथा लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गर्ने संस्थाबीच समन्वय गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् ।

दुर्गा सामुदायिक सेवा केन्द्रको आयोजना तथा नवयात्रा समाजको सहआयोजनामा बिहीबार भएको लागुपदार्थ तथा अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा लुम्बिनी अञ्चल प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले सबैको समन्वयमा लागुऔषध ओसारपसार तथा सेवनलाई नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।

दुर्गा सामुदायिकका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा रुपन्देही प्रमुख राजेन्द्र ढकाल, सशस्त्र प्रहरी प्रमुख गुणाखर खनाल, स्थानीय शान्ति समितिका संयोजक ज्ञानु पौडेल, नवयात्रा समाजका महासचिव दीपक घिमिरे, सामुदायिकका सल्लाहकार दिलीप मल्लिक, पत्रकार चेतन पन्तलगायतले भारतीय बजार सुनौलीबाट धेरै परिमाणको लागुऔषध काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, अर्घाखाँची, चितवनलगायत स्थानमा पु¥याउने गरेकाले यसको नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया