आधुनिक प्रविधियुक्त दमकल उपयोगविहीन
रत्ननगर (चितवन), २५ असार । चितवनको रत्ननगर नगरपालिकामा अघिल्लो वर्ष भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल चलाउनै मुस्किल भएपछि उपयोगविहीन जस्तै भएको छ ।
दक्ष प्राविधिक तथा त्यसमा चाहिने आवश्यक रासायनिक पदार्थको अभावमा उक्त दमकलको भरपुर उपयोग हुन सकेको छैन । जसका कारण सामान्य आगलागीबाहेक अन्य काम हुन सकेको छैन ।
रोटरी क्लबको पहलमा बेलायतमा रहेको डिभोन एन्ड समरेस्ट फायर रिसोर्स सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो । आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ प्रयोग नहुँदा उक्त दमकलले प्रभावकारी काम गर्न नसकेको हो । जम्मा ५०० लिटर मात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सकिँदैन । अन्य दमकलमा तीन–चार हजार लिटर पानी हुन्छ । प्रभावकारी बनाउन यसमा फोम नामको विशेष पदार्थ प्रयोग गर्नैपर्छ ।
विशेष प्रकारको ग्यास प्रयोग गर्दा ठूलो क्षेत्रमा लागेको आगो निभाउन सकिने भए पनि प्राविधिकको अभावमा ग्यास प्रयोगमा ल्याउन नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिनुभयो ।
रत्ननगरले चलाउन मुस्किल देखेपछि अहिले प्रमुख जिल्ला अधिकारीलाई सो विषयमा जानकारी गराएको र जिल्लालाई नै चलाउन दिने तयारी गरेको छ । सशस्त्र प्रहरी वा विपद् समितिले प्रयोग गर्न सके प्रभावकारी हुने रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश ढुङ्गानाले बताउनुभयो ।
सो दमकलबारे गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने देखिएको नगरपालिकाका लेखा प्रमुख सीताराम पोखरेल बताउनुहुन्छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया