अमेरिकाका पचास प्रतिसत जोडीलाई एक अर्काको कमाई बारे थाहा नै हुदैन ?

इनेप्लिज २०७२ असार २५ गते २:२३ मा प्रकाशित

bijay-2

अमेरिका यति बिशाल देश छ जहा अनौठो अनेक कुरा सुन्न ,जान्न र देख्न यहि कलि युगमा पाईन्छ l कहिँ नभएको जात्रा हाँडी गाउँ भने जस्तै अमेरिकामा संगै बस्ने बिबाहित या अबिबाहित जोडी या दम्पत्ति या लोग्ने स्वास्नी भएता पनि आर्थिक कारोबार सम्बन्धि सबै कुरा नखोल्ने गरेको खुलासा गरेको एक सर्वेक्षणले देखाएको छ l

यत्रो जनसंख्या भएको देशमा ५० प्रतिसतले संगै एकै घरमा एकै छत् मुनि बसेता पनि आफ्नो निजि कमाईको सबै थैली खोल्दैनन l संगै जिउने र मर्ने कसम खाएका जोडीले पनि कति कमाई छ भनि पुरै नओकल्ने गरेको पाईएको छ l यसै गरी प्रेमी प्रेमिका ,अबिबाहित जोडी ,समलिंगी तथा अन्य वर्गले पनि पारिश्रमिक तथा आर्थिक कुराहरु नभन्ने गरेको थाहा लागेको छ l

अचम्बको कुरा १० जना मध्ये ४ जना जोडीलाई एक अर्काको कमाई नै थाहा हुदैन किनभने कुन काममा कति सम्म तलब खाने छन् भन्ने ज्ञान पनि नभएर कति कमाई होला भन्ने ठम्याउन सक्दैन l त्यी मध्ये १० प्रतिसतले २५ हजार भन्दा ज्यादा कमाई भएको भनि गलत भनेका छन् भने १६ प्रतिसत मानिसले आफ्नो लोग्ने या स्वास्नीको तलब बारेमा बताउन सकेनन l

युएसए टुडे पत्रिकाले गरेको सर्वेक्षणमा ७२ प्रतिसत जोडीले आर्थिक मुद्धा सम्बन्धि राम्रो संग विचार राखेको बताएका थिए l यस्तो अनौठो कुराको जानकारी अवकास प्राप्त लगानीकर्ता बिशेसज्ञ जन स्विनेले यो आस्चर्यजनक मुद्धा बाहिर ल्याएका थिए l

३६ प्रतिसत जोडीले मुद्राको बारे बैंकमा बचत तथा चल्ती खाताको बारेमा फरक तर्क तथा विचार राखेका थिए lयसरि पत्ता लगाउन सकिने अवस्था नहुनुको कारण आफै नै संचालक भएको र आफैले पुजी लगानी गरि संचालन भएको कुनै पनि ब्यबसायमा कति तलब उसले लिन्छ आदि कुरामा निकै जटिल भएकोले जोडीको कमाई यकिन गर्न नसकेको देखाएको छ l

सर्वेक्षण अनुसार आधा भन्दा ज्यादा दम्पत्तिलाई कसरि भबिष्यको लागि कति बचत गर्नु पर्ने बिषयमा पनि अज्ञान रहेको बताएका छन् l जब उनीहरु अवकास लिन्छन ४७ प्रतिसतले कति बचत राख्नु पर्ने भन्ने कुरामा सहमति हुन् नचाहेको बताए l अमेरिकाका ६० प्रतिसत जोडीलाई सामाजिक सुरक्षाबाट कति मुद्रा आउछ भन्ने नै जानकारी हुदैन भनि सर्वेक्षणले देखाएको छ l

जो व्यक्ति निवृतिभरण योजना अन्तर्गत रहेका छन् त्यसमा ४२ प्रतिसत मानिस आरामको जिन्दगि बिताउने आशाबादीमा रहेको देखाएको छ भने यसको तुलनामा १८ प्रतिसत मानिस निवृतिभरण योजना प्रति आत्मा विश्वास लागेको बताएका छन् l

अमेरिकामा आखिर पचास प्रतिसत जोडीलाई एक अर्काको कमाई बारे किन थाहा नै दिदैनन ?

भीमकाय देश ,धेरै जनसंख्या र विकासको चरम चुलीमा पुगी सकेको देश जति बुझ्यो त्यति नै बुझ गाह्रो देश भएकोले बुझ्न नै साध्यै छैन l आप्रवासीलाई झन् गाँठी कुरा पत्ता लगाउन नै गाह्रो हुन्छ l

अमेरिकामा जोडी ,दम्पतीले सारा चिज खोलेर नभन्नु र हिस्सा नगर्नुको पछाडी १० जनाले बिबाहित जोडीमा ६ जनाले सम्बन्ध विच्छेद गर्ने भएकोले एक अर्कामा ज्यादै प्रेम भएता पनि द्रब्यको थैली खोल्न नचाहने देखिएको छ l यसको अतिरिक्त अमेरिकामा कसैले कसैको तलब र कमाई नसोध्ने परिपाटी भएकोले जोडीले पनि न सोध्ने गरेको देखिएको छ l लोग्ने लाई स्वास्नीले कति खेर छोडेर हिन्छे या स्वास्नीलाई लोग्नेले अर्को सौता ल्याउने होला भन्ने भन्ने सन्त्रास भै रहने भएकोले आर्थिक बिषयमा कमाई बारे पारदर्शिता नल्याउनु पनि एक कारण देखिएको छ l

सानो तिनो झगडामा लोग्नेले स्वास्नी छोड्ने र स्वास्नीले लोग्ने छोड्ने भएकोले त्यहाँ पनि विश्वासको वातावरण बन्न नसकेको कारण कमाई बारेमा थाहा नहुन सक्ने देखिएको छ l यसको अतिरिक्त जोडीले सयुक्त खाता खोलि त्यसै बाट घर खर्च चलाउने गरेको पाईएको छ l तर आफनो वैयक्तिक खाता पृथक हुने हुनाले त्यसमा आफ्नो कमाई राखेको पनि देखिएको छ l

अझ उनीहरुमा नियत खराब भएमा सयुक्त रुपमा रहेको जीवन भरको कमाई अर्कोले लिएर सुई कुच्चा ठोक्ने भयले सयुक्त खातामा पैसा सबै नराख्ने गरेको पनि पाईएको छ l यसरि बिगतमा र कैयौ ठाउँमा पुरुष तथा महिलाले बिश्वासघात गरेर गरेर कुलेलाम ठोक्ने गरेकोले आफ्नो कमाईको बारेमा बिस्तृत जानकारी जोडीलाई नहुन् गएको देखाएको छ l

अमेरिकामा तलब बारेमा जोडीले नै चासो नै नराख्ने र सोधी खोजि पनि ज्यादा नगर्ने हुनाले एक अर्काको कमाई बारे थाहा नभएको देखिएको छ l तर अमेरिका पसेका नेपाली समुदायमा सयुक्त रुपमा खाता खोल्ने र आर्थिक कमाई बारे दम्पत्तिलाई सबै जानकारी हुन्छ l

नेपाल र नेपाली समुदायको परिप्रेक्षमा अत्यन्तै अनौठो लाग्न सक्छ l यस्तो परिकल्पना पनि गर्न नेपालीले आफ्नो मात्री भुमिमा गर्न सक्दैनन् किनभने दुबैको कमाईबाट घर चल्ने हुन्छ l सबै कुरा पारदर्शिता हुन्छ l कुनै कुरा लुकाईदैन l

घरकी लक्ष्मी पत्नीलाई लोग्नेको कमाई कति र स्वास्नीको कति कमाई भन्ने सारा परिवार समेतलाई थाहा पनि हुन् सक्ने देशका नेपाली समुदायलाई यो कुरा सुन्दा अलिक हजम नहुन पनि सक्छ तर कुरा तितो सत्य हो l

प्रतिक्रिया