आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:३०
वासिङटन डिसी 15:45

एनआरएन मिचिगन च्याप्टरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असार २५ गते १:२६ मा प्रकाशित

nrnmiगैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले गत जुलाई ५, २०१५ मा मिचिगन राज्यको वाटरफोर्ड स्थीत कोम्प्फोर्ड इन होटेलमा करीब २०० जनाको उपस्थित माझ परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा च्याप्टरका उपाध्यक्ष पुण्य वहादुर पराजुलीले स्वागत सहीत कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा च्याप्टरले २ वर्षभत्र गर्ने कार्यक्रमको रुप प्रस्तुत गरिएको थियो । च्याप्टरको भावी कार्ययोजना, नेपालमा गएको भुकम्प पिडितका लागि स्थापना गर्न लागिएको राहत कोषको सम्वन्धमा कार्यक्रममा छलफल भएको थियो ।

प्रतिक्रिया