चेपाङ्ग गाउँमा जस्ता वितरण
चितवन असार २४
बैशाख १२ गते गएको भुकम्पमा परी सम्पुर्ण घर ध्वस्त भएको र डाँडै चिराचिरा परेर बाढी र पहिरोको उच्च जोखिममा रहेको लोथर गाबिसको वडा नं. ४ स्थित यासिकाई गाउँका १२ घरपरिवार चेपाङ्गहरुलाई वस्ती स्थानान्तरण गर्नको लागि आज १० फुटे ३० बण्डल जस्ता उपलब्ध गराइएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल चितवनका प्रमुख शम्भुप्रसाद उप्रेतीको पहलमा चेपाङ्गहरुलाई भरतपुर आँखा अस्पताल एवम् सेवा फाउण्डेशनले सो जस्तापाता उपलब्ध गराएको हो । यासिकाई गाउँबाट एक घण्टाको पैदल दुरीमा रहेको गुन्दी गाउँमा ती १२ घरपरिवार चेपाङ्गहरुलाई वर्षायामभरी सुरक्षितसाथ राखिने र वर्षा सकिएपछि दीर्घकालीन रुपमा व्यवस्थापन गरिने जिल्ला दैवीप्रकोप उद्दार समितिका बलराम लुईटेलले बताउनुभयो ।
६ घण्टाको पैदल दुरी धाएर यासीकाइबाट थाकलटारसम्म झरेका चेपाङ्गहरुलाई सो जस्तापाता गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले हस्तान्तरण गर्नुभएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया