सोमबार, असार ७ २०७८
काठमाडौं ०४:२९
वासिङटन डिसी 18:44

नीति तथा कार्यक्रम काम चलाउ: वरिष्ठ नेता खनाल

इनेप्लिज २०७२ असार २४ गते १२:१० मा प्रकाशित

jhalanath-khanalकाठमाडौँ, २४ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको नीति तथा कार्यक्रम काम चलाउ रुपमा आएको बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नीति तथा कार्यक्रम काम चलाउ भएकाले पार्टीको असहमति नरहेको उल्लेख गर्नु भयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा जनतामा गएको र असन्तुष्ट पक्षका आवाजलाई समेटेर ढेड महिनाभित्र संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

“संविधानको मस्यौदामा सबैका कुरा समेटिएका छैनन्, एमालेकै कुरा पनि छुट्यो भन्ने अहिले लागिरहेको छ तर मस्यौदामा साझा कुरा सबै छन्”– नेता खनालले भन्नुभयो ।

एमाले सत्ताको पक्षमा नभएको दोहो¥याउँदै उहाँले पार्टीको पहिलो प्राथमिकता नयाँ संविधान हो भन्नु भयो ।

नेता खनालले भन्नुभयो, “एमाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ, मस्यौदामा ‘पूर्ण’ भन्ने शब्द छुटे पनि पूर्ण प्रेस स्वतन्त्रताकै पक्षमा छ ।”

प्रतिक्रिया