फुटबलमा नेपालको स्थान खस्कँदै
काठमाडौँ, २४ असार । यसअघि एकसय ८३ औँ स्थानमा रहेको नेपाल फिफा बरियतामा दुई स्थान तल झर्दै १८५ औँ स्थानमा ओर्लिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दक्षिण एसियाली मुलुकमा सबैभन्दा पुछारमा पुगेको हो ।
दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको अफगानिस्तान १७ स्थान माथि उक्लदै १३४औँ स्थानमा पुगेको छ । त्यस्तै भारत १५४, भुटान १६६, बङ्गलादेश १६९, पाकिस्तान १७२ स्थानमा रहेका छन् भने दुईस्थान सुधारेको माल्दिभ्स १७६ औँ र तीन स्थान सुधारेको श्रीलङ्का १८३ औँ स्थानमा उक्लिएको फिफाले जनाएको छ । एसियाली मुलुकमा सबैभन्दा माथि इरान ३८औं स्थानमा छ ।
यसैगरी विश्व विजेता जर्मनलाई पछिपार्दै अर्जेन्टिना पहिलो नम्बरमा पुगेको छ । हालै सम्पन्न कोपा अमेरिकामा उपविजेता बनेको अर्जेन्टिनाले दुई स्थान सुधार्दै शीर्ष स्थानमा पुगेको हो ।
यस्तै जर्मनी दोस्रो, बेल्जियम तेस्रो, कोलम्बिया चौथो र नेदरल्याण्डस् पाचौँ स्थानमा छन् । ब्राजिल छैठौं, पोर्चुगल सातौँ र रोमानिया आठाँै, इङ्ल्याण्ड नवौँ र वेल्स दसौँ स्थानमा रहेको फिफाले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया